काठमाडौँ । पूर्वसांसद् तथा नेपाली कांग्रेसका पार्टीका पूर्वमुख्य सचिव ऋषिकेश तिवारीले नेपालको विकास र समृद्धिको लागि गाउँ र किसानलाई धनी बनाउनुपर्ने बताएका छन् ।
उनले आज एक कार्यक्रममा बोल्दै कांग्रेसका संस्थापक नेता स्व. विपी कोइरालाले विसं २०१५ सालमा भनेको कुरा स्मरण गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘मैले सम्झे विपी कोइरालाले २०१५ वर्ष पहिले भनेको कुराः नेपाल गाउँमा बस्छ । नेपाल भनेको गाउँ हो । गाउँमा किसान बस्छन् । किसान गरिब छन् । त्यसकारण किसानलाई धनी बनाउने व्यवस्था मात्रै प्रजातन्त्र हुन सक्छ । यसकारण मैले प्रश्न गरेँ गाउँलाई धनी बनाउने कसरी?’
यसका साथै उनले, गाउँमा बस्ने बनाउने र किसानलाई धनी बनाउने कसरी भन्ने बारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
उनले युवालाई उधमी बनाउने प्रश्न आज भन्दा २० वर्ष पहिलनै उब्जेको भएपनि पार्टीबाट टिकट नमिलेको कारण आफूले नीति निर्माण तहमा जान नसकेपनि आफ्नो पुस्तकमार्फत गाउँलाई चेतना दिने गरेको बताएका हुन् ।
उनले आफू नीतिगत रुपमा अगाडि गएमा पर्वत जिल्लालाई कृषि तथा स्वरोजगारको नमूना जिल्ला बनाउने दाबी समेत गरेका छन् ।
गरिबिका बाबजुद पनि गाउँका किसानमा खुसी र उत्साह देख्दा आफूलाई राजनीति प्रति गुनासो लाग्ने बताएका छन्। उनले भने,‘राजनीति आरोप-प्रत्यारोप लागने भयो तर यसले रोजगारी र उधमशीलता सिकाउन सकेन। शिक्षाले रोजगारी दिन सकेन र लाखै युवा विदेशीनु परको छ। यो निकै निन्दीय कुरा हो।’