सामान्य परिवारमा जन्मिएकी मेरो बालापन अभाव, गरिबी र रहरमा नै बित्यो । बाबाको सरकारी जागिरे भए पनि घर परिवारको आवश्यकता पूर्ती गर्न धौँ-धौँ पर्थ्यो।
आमा पनि नपढ्नु भएको कहाँ हो र? १० कक्षा पास हुनुहुन्थ्यो । अहिले जस्तो छोरी बुहारीले जागिर खान घरबाट स्वतन्त्र भएको भए आज मेरी आमाको हातमा पनि बाबाको जस्तै पेन्सन बुझ्न जाने कागज हुन्थ्यो होला। शिक्षित परिवारमा जन्मिएपनि छोरी बुहारीलाई समाजमा गरेका ती तीता व्यवहारहरु लगभग २० वर्ष अघिदिखका मेरो स्मरणमा नै छन् ।
छोरा, छोरी र छोरी, बुहारीमा हुने व्यवहारमा म सधैँ असन्तुष्ट नै थिए । कहिले दाईजोको नाममा त कहिले मलाई छोरीको रुपमा जन्माएको विषयमा समाजले मेरी आमालाई भनेका शब्दहरुले आज पनि मलाई दुःखी बनाउँछ ।
सायद मलाई समाजको विवेदपूर्ण व्ययहारले होला पढ्न कुनै दिन अल्छि लागेन । आमा मेलामा जानुहुन्थ्यो भाइ र म घरमा सामान्य काम गर्दथ्यौँ र खाली समय पढाइमा नै ध्यान दिन्थ्यौँ ।
यसरी दिन बित्दै गयो हामी आफ्नो भविष्य बनाउन पढाइ मै व्यस्थ रहन्थ्यौँ थ्यौँ । समय बित्दै जाँदा स्नातक अध्ययनसँगै जागिरको अवसर मिल्यो। सधै समाजको सोचभन्दा विपरित रहेको मेरो सोचले जागिर पछि समाजमा संघर्ष गर्न झन सहज बनायो।
आमाका फाटेका चोली र पछ्यौरी फेरीए । घरमा नयाँ गिलास कचौँरा जोडिन थाल्यो। भाइको लागि कहिलेकाही खाजा खाने पैसा गोजीमा हुन थाल्यो। बाबालाई छोरीलाई बजारमा राखेर पढाउन हुन्न भन्नेले छोरीलाई पढाएर कति राम्रो गर्नुभयो जागिर खाइसकिन अब त धैरै राम्रो हुन्छ भनेको सुन्दा झन मेहनत गर्न मन लाग्दथ्यो ।
मयसँगै विवाह बन्धनमा बाँधिनु पर्यो नयाँ घर नया समाज नयाँ पारिवारिक अवस्था भएपनि मलाई त्यति असहज लागेन किनकि जागिरे जीवनमा जहाँ जसरी पनि बस्न सक्ने भैससकेकी थिए।
आमाले भन्नु भए अनुसार सबैलाई सम्मान गरे कसैसँग नमिठो बोल्न चाहिनँ, जेठाजु जेठानीलाई सधै आफ्नो दाइदिदी कै स्वरुपमा हेरिरहे ।दाइदिदीको माया नपाएकी मैले बिहेपछि बहिनीकै मायाको अपेक्षा गरिरहेँ । ससुरा हुनुहुन्न सासुलाई हजुरकै दर्जामा सम्मान र माया गरेकी छु आमा ।
आर्थिक सामाजिक सवैतिर जिम्मेवारी बोध नि गरेकै छु तर मेरो समाजमा म र आमासँगै रमाउदा कुरा काटेको छ श्रीमानसँग घुम्न हिँड्दा कुरा काटैकै छ । देउरानी जेठानी मिल्दा नि कुरा काटेकै छ । घाँस काट्दानी सानो भारी भो भनेर कुरा काटेको छ नकाट्दा घरमै बसी बुहारी भनेर कुरा काटेकै छ ।
आमा हजुरले भने अनुसार सानोमानी भनेको मानेकी नै थिए । पढाइमा नि अब्बलनै थिए । हजुरले भनेका हरेक कुरा मानेकै थिए तर किन समाजले मेरो कुरा काट्न छोडेन? डिग्री पास गरे जागिर खाए घरमा जाँदा दैलो कुचो गरैकै हुन्छु कसैसँग झगडा गर्न चाहादिन । आमा हजुरले भनेका सबै कुरा पूरा गरे तर कुरा काट्न किन छोड्दैन समाज?
लेखकः रमा पंगेनी