ललितपुर । कफि क्लबको आयोजनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कविता वाचन ललितपुरको खुमलटार ट्रिनिटि होटलमा कफि क्लबका उपाध्यक्ष कृष्ण मगरको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि प्रा. डा लक्ष्मण प्रसाद गौतमका साथ कवि बिमला तुम्खेवा र कवि प्रेम रिबुसाल रहेका छन् ।
कवि बिमला तुम्खेवा पत्रकार, संचारीका महिला समूह नेपालका अध्यक्ष समेत रहेकी छन् । कवि तुम्खेवाले प्रेम, सार्वजनिक बसको यात्रा, जेठी, नेपालको नक्सा र प्रकृति सम्बन्धी ५ वटा कविताहरु प्रस्तुत गरेकी छन् ।
यस्तै, कवि रिबुसाले ‘उनी (आमा) र म–एक अपराधीको आत्मालाप !, भेरी अविवेक बगिरहन्छ, ब्ल्याक होल, पैसा, संकल्प जस्ता विभिन्न कविताहरु प्रस्तुत गरेका छन् ।
प्रा.डा गौतमले कवितासँग कुनै संवाद र वार्ता नहुने, कविता सुत्र र मन्त्रसँग जोडिएको हुन्छ । उनेले भने, ‘कविताले कुनै कुराको व्याख्या गदैन्, यसले संकेत गर्छ ।’ अन्तमा प्रमुख अतिथि र कवि बिमला लाई सम्मानका साथ मायाको चिनो प्रदान गरियो ।