काठमाडौँ । पूर्वसचिव युवराज भुसालको इतिहास बताउने पुस्तक 'हाम्रो भौगाेलिक इतिहास' सार्वजनिक भएको छ ।
२०३६ सालमा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरी २०७१ सालमा नेपाल सरकारको सचिव पदबाट निवृत्त भएका भुसालले लेखेकाे पुस्तकमा बाइसे चाैबिसे राज्यकालीन राज्य संरचनाको परिचय समेटिएकाे छ । पुस्तकमा 'भुसाल वंश, अर्घा र यसका छिमेकी राज्यहरूको इतिवृत्त' कोट्याइएको लेखक भुसालले जानकारी गराएका छन् ।
सात खण्डमा विभाजन गरिएको पुस्तकमा खण्ड एकमा पौराणिक काल, दुईमा ऐतिहासिक काल, तीनमा अर्घा र छिमेकी राज्यहरूको इतिहास केलाइएको छ । खण्ड चार र पाँच भुसाल वंशमा केन्द्रित गरिएको छ । खण्ड ६ मा फुर्कोट क्षेत्रको आर्थिक राजनीतिक तथा प्रशासनिक इतिवृत्त र खण्ड सातमा बदलिँदो परिवेस समेटिएको छ ।
किरण पुस्ताकालयले प्रकाशन गरेको यो पुस्तक २४८ पेजको छ । भुसाल वंशको इतिवृत्त केलाइएको पुस्तकमा अर्याल, थापा क्षत्री, भट्टराई, कुँवर, ओली, झाँक्री मगर, खड्का क्षत्री र शिल्पी परिवारसहितका य भेगका भाषा परिवार तथा वंशको विषयका कोट्याएको छ ।
लेखक भुसालले २०३३ सालामा निजामती सेवामा प्रवेश गर्ने क्रममा भुसालको पहिचान सोधिकएको कारण लेख्न मन लागेको र विभिन्न सयमको अध्ययन र सेवानिवृत्त भएसँगै पुस्तक लेखनमा लागेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतिले नेपालको इतिहासको विषयमा विदेशी विद्वानहरुले व्याख्या गरिदिएको पुस्तक पढेर थाहा पाउनुपर्ने बाध्यता रहेको अवस्थामा भुसालको पुस्तकले अन्य क्षेत्रमाबाट पनि यसै गरी इतिहास खोज्नका लागि प्रोत्साहन गर्ने बताए ।