कुनै समय थियो जतिबेला विजुली बत्ती बाल्न पनि समय कुर्नुपर्ने बाध्यता थियो। लोडसेडिङको समस्याले आजित थिए नेपाली। जलस्रोतको धनी देश भइकन पनि यसको सदुपयोग हुन नसकेको अवस्थामा देशलाई उज्यालो दिने एउटा श्रेय बर्तमान उर्जा मन्त्री भुसाललाई पनि जान्छ ।
विद्यार्थी कालदेखि नै जन-सरोकार र जन-समस्याका सवालमा काम गर्न रुचि राख्ने उनी राजनीतिमा आएदेखि नै आफ्नो क्षेत्रबाट देशको विकास र समृद्धिको लागि क्रियाशील रहिन् । अध्यारो मुलुकलाई उज्यालो बनाउनको लागि नेपाल विद्युत प्राविधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ जत्तिको श्रेय उनलाई पनि जान्छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको पदभार गरेदेखि नै निरन्तर रुपमा उर्जा, जलस्रोतको विस्तार र आर्थिक समृद्धिको लागि उनी पृथक ढङ्गले लागि परिरहिन् । विभिन्न देशका प्रतिनिधि, राजदूतसँग निरन्तर सम्वाद र भेटघाट गरेर नेपालको विद्युत् व्यापारमा उनले ठूलो योगदान गरेकी छन् ।
कुनै समय नेपालमा विजुली बाल्न पनि घडि हेर्नपर्ने स्थाती सम्झदा आजित हुने नेपाली आजकल नेपाली विजुली विदेशी बजारमा बेच्न पाउँदा उत्साहित छन् । छिमेकी मुलुक भारतमा पनि नेपाली विजुलीले राम्रो खपत पाएको छ । लोडसेडिङका कारण बन्द हुने अवस्थामा पुगेका नेपाली उद्योग कल-कारखानामाको लागि पनि यसको ठुलो देन मानिन्छ ।
कुलमान तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पदमुक्त भए र प्राविधिकरणले नयाँ नेतृत्व पायो । नयाँ नेतृत्वसँगै प्राविधिकरण पुरानै बाटोमा जान थाल्यो अर्थात् फेरि लोडसेडिङ हुन थाल्यो । नेपाली कल कारखाना धरासायी अवस्थामा पुगे । समय फेरियो सत्ता फेरियो र उर्जा मन्त्रालयमा पम्फाको उदय भयो ।
उनी मन्त्री भएपछि उर्जाको विकास, विस्तार व्यापारको लागि प्राविधिकरणको नेतृत्वमा कुलमान नै हुनुपर्छ भन्ने दवाव आउन थाल्यो । आवश्यकता र जनचाहनाको कदर गर्दै उर्जामन्त्री भुसालकै पहलमा फेरि कुलमान नेतृत्वमा आए । उर्जामन्त्री र कुलमानको सहकार्यमा नेपाली विजुली नेपाली मात्र नभएर भारतीय बजारमा समेत खपत हुन थाल्यो ।
नेपाल आफैमा पनि आर्थिक हिसाबले गरिब मुलुक भएको कारण यहाँका सीमित स्रोत र साधको प्रयाग गरी नेपाली उत्पादन विश्व बजारमा पुर्याउनुपर्ने मन्त्री भुसालको जोड छ । नेपाल कृषिमा निर्भर देश भएका कारण यहाँ अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादनमा बृद्धि गरी निर्यात स्तर बढाउनु पर्ने उनको भनाइ छ ।
महिला, बालबालिकालायत सबै वर्गको लागि काम गर्न चासो राख्ने एक उदाहरणीय नेतृ भुसाल सबै महिला पात्रको लागि 'आइडल' पनि हुन् । उनै उर्जामन्त्री भुसालले उज्यालो नेपालमात्र नभएर समृद्ध नेपाल बनाउन पनि आफू निरन्तर लागिपर्ने बताउँछिन् । उनका अनुसार हाम्रौ पालामा नेपालमा उत्पादन क्षमता अनुसारकै विद्युत उत्पादन भइ विश्व बजारमा निर्यात भइ नेपालको आर्थिक स्तर उन्नती हुनेछ ।