पर्वत, १९ साउन
प्रदेश अस्पताल पर्वतले एकैपटक १२ वटा नयाँ प्रयोगशाला परीक्षण सेवा सञ्चालनमा ल्याएको छ, जसले जिल्लावासी बिरामीहरूलाई अब आधुनिक प्रविधिबाट सहजै परीक्षण गर्ने सुविधा प्रदान गर्ने भएको छ।
अस्पतालले जानकारी दिएको अनुसार, हालसम्म केही परीक्षण सेवाको अभावका कारण बिरामीहरूलाई पोखरा वा अन्य स्थान जानुपर्ने बाध्यता थियो। तर, नयाँ सेवा सुरु भएसँगै अब ती परीक्षणहरू पर्वतमै उपलब्ध हुनेछन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बाँस्तोलाका अनुसार, सुरु गरिएका नयाँ विश्लेषणात्मक परीक्षण सेवाहरूमा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता परीक्षणहरू समावेश छन्।
यी सेवाहरूको थालनीले जिल्ला स्तरमै उपचार सेवा बलियो बनाउने विश्वास लिइएको छ।