काठमाडौं, १३ पुस
राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था (NCC Alumni Association Nepal) को आठौँ वार्षिकोत्सव, प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा आज विविध कार्यक्रम सहित सम्पन्न भएको छ।
 (1).jpg)
कार्यक्रममा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक समेत रहनु भएका प्रधान सेनापतिले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको उल्लेखनीय भूमिकाको प्रशंसा तथा NCC Alumni Association Nepal सँग आबद्ध सबैलाई वहाँहरूले पुर्याउनु भएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।
Alumni Association का केन्द्रीय निर्देशक श्री पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक उपरथी श्री याम प्रसाद ढकाल (अ.प्रा.) ले धन्यवाद मन्तव्य राख्नु भएको थियो।
बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, देशैभरका NCC Alumni Association Nepal का पदाधिकारीहरूका साथै तालिमरत छात्र/छात्रा एवं प्रशिक्षकहरू उपस्थिति रहेको कार्यक्रममा NCC Alumni Association Nepal का क्याडेट छात्र/छात्राहरूबाट सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।
.jpg)
वि.सं.२०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था वि.सं. २०७५ मा स्थापना भएको हो। हाल देशका विभिन्न ७५ वटा जिल्लाहरूमा राष्ट्रिय सेवा दलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन भई रहेको छ। राष्ट्रिय सेवा दलले वार्षिक रूपमा करिब ७ हजार ७०० जनालाई तालिम गराउँदै आएकोमा हालसम्म ८६ हजार भन्दा बढी छात्र/छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
.jpg)