काठमाडौं
बडा दशैं नजिकिँदै गर्दा नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो वार्षिक विशेष अभियान ९.९ दशैं धमाका – “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा गरेको छ। यस वर्षको सेल दराजको वार्षिकोत्सवसँगै परेको छ, जसलाई अझ भव्य र आकर्षक बनाउन दराजले विशेष योजना ल्याएको हो।
भदौ २४ देखि असोज ७ (सेप्टेम्बर ९–२३, २०२५) सम्म सञ्चालन हुने यो अभियानमा ग्राहकहरूले ७५% सम्म छुट, निःशुल्क डेलिभरी तथा रु. १ लाखभन्दा बढी खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचर पाउनेछन्।
यस वर्ष दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री ग्रुप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउसमार्फत ७०% सम्म छुट उपलब्ध गराउने जनाएको छ। गोल्ड पार्टनर मारिको, डा. शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोबाट ६०% सम्म छुट पाइनेछ भने सिल्भर पार्टनर न्यानो, ट्रिकाया र फ्यानटेकमार्फत ४०% सम्म छुटको व्यवस्था मिलाइएको छ। त्यस्तै, भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी, अलेवा लगायत ५० भन्दा बढी ब्रान्डमा पनि ५०% भन्दा बढी छुट उपलब्ध हुनेछ।
अभियानलाई अझ प्रभावकारी बनाउन दराजले सात प्रमुख बैंकहरूसँग सहकार्य गरेको छ। यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५% (रु.१,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १०% (रु. १,००० सम्म) छुट पाउनेछन्। यसमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंक सहभागी छन्।
निःशुल्क डेलिभरी सुविधा पनि अभियान अवधिभर निरन्तर रहनेछ। रु. ४९९ भन्दा माथि खरिद गर्दा छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी पाइनेछ, जसका लागि ग्राहकले दराज एपमा रहेको “Free Delivery” भौचर संकलन गर्नुपर्नेछ।
दराजले यस वर्षको दशैं धमाकालाई केवल छुट र अफरमा मात्र सीमित नराखी, ग्राहकलाई सहज भुक्तानी, छिटो डेलिभरी र विश्वासिलो रिटर्न प्रणालीसहितको फरक र उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
अभियानसम्बन्धी थप जानकारीका लागि daraaz.com.np, दराजको LinkedIn k]h www.linkedin.com/company/daraz वा दराज एप प्रयोग गर्न सकिने दराजले जनाएको छ।