काठमाण्डौ,१६ भदौ
नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ।
डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर चार रूपैयाँ, आन्तरिक हवाई इन्धन एक रूपैयाँ, र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाइएको निगमले जनाएको छ।पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् छ।
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको मूल्य प्रतिलिटर १४२।५० रुपैयाँ तय गरिएको छ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४४ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४५ रूपैयाँ पर्नेछ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाण्डौका लागि ९६६ अमेरिकी डलर, पोखराका लागि ७७२ अमेरिकी डलर, र भैरहवाका लागि ७५९ अमेरिकी डलर प्रतिकिलोलिटर तोकिएको छ।