काठमाडौं, ४ भदौ
नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ सम्पन्न गरेको छ। साउन ३० गते “ह्याप्पी सेलिङ” भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरू सहभागी भएका थिए।
सुरुमा विक्रेताको सशक्तिकरणलाई लक्षित गरी सुरु गरिएको सेलर सम्मिटलाई यस वर्ष दराजले अझ व्यवस्थित र परिस्कृत बनाउँदै अघि बढाएको छ। यसअन्तर्गत विक्रेताहरूलाई अनुभव सहज बनाउन, पहिचान एकीकृत गर्न, संलग्नता गहिरो पार्न, योगदानलाई सम्मानित गर्न र व्यापारलाई सबल बनाउन आवश्यक स्रोत तथा सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले कि–नोट प्रस्तुतिमा विक्रेताहरू नै कम्पनीको सफलताको मुख्य आधार भएको बताउँदै, स्थानीय साना तथा मझौला उद्यमलाई ९क्ःभ्० डिजिटल उपकरण र बजार पहुँच उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउनुभयो। “ह्याप्पी सेलिङमार्फत हामी विक्रेताहरूका विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धता जनाउँछौं,” उहाँले भन्नुभयो।
कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेतासँगको सहकार्यले कम्पनीको वृद्धिमा मात्र नभई नेपालको ई–कमर्स क्षेत्र विस्तारमा महत्वपूर्ण योगदान गरेको धारणा राखे।
सन्ध्याकालीन सत्रमा २२ जना उत्कृष्ट विक्रेता र एफिलिएटहरूलाई सम्मान गरिएको थियो। उनीहरूको लगनशीलता, नवीनता र ग्राहकमुखी दृष्टिकोणकै कारण दराजमा व्यापार सफल भएको उदाहरण प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
यस वर्ष सम्मानित भएका विजेताहरू:
-
सेलर अफ द इयर २०२५: वान प्लस
-
मनबाटै नेपाली अवार्ड: त्रीकाया
-
टप SME सेलर अवार्ड: स्मार्ट च्वाइस NP
-
टप इमर्जिङ सेलर अवार्ड: ग्लेन नेपाल
-
दराज राइजिङ एफिलिएट अफ द इयर: श्रृष्टि सुनुवार
-
टप सेलर अफ द इयर (FMCG): ¥होटो
-
फ्ल्यास सेल हिरो (FMCG): अस्टाबेरी
-
क्याम्पेन हिरो (FMCG): अवीबी
-
मोस्ट इन्गेजिङ कन्टेन्ट क्रिएटर अफ द इयर: सुक्शिता घिमिरे
-
टप सेलर अफ द इयर (इलेक्ट्रोनिक्स): अल्टिमा लाइफस्टाइल
-
फ्ल्यास सेल हिरो (इलेक्ट्रोनिक्स): ग्रिन लाइफ एक्स्पेरियन्स
-
क्याम्पेन हिरो (इलेक्ट्रोनिक्स): बिग डिजिटल
-
दराज एफिलिएट अफ द इयर: एकता तण्डुकार
-
टप सेलर अफ द इयर (लाइफस्टाइल): साम प्रोफाइल न्यूट्रिशन नेपाल
-
फ्ल्यास सेल हिरो (लाइफस्टाइल): जेम्स स्टोर नेपाल
-
क्याम्पेन हिरो (लाइफस्टाइल): आफ्नो पसल
-
दराज एक्सप्रेस सेलर अफ द इयर: अग्र्यानिक अनलाइन प्रा.लि.
-
टप सेलर अफ द इयर (फेशन): ब्राण्डहाउस
-
फ्ल्यास सेल हिरो (फेशन): शप मी
-
क्याम्पेन हिरो (फेशन): भ्यान्स
-
दराज मार्केटिङ सोल्युशन च्याम्पियन: सेटाफिल
-
दराज कस्टमर च्वाइस अवार्ड: ई–मे
दराजले यस अवसरलाई विक्रेताको उपलब्धिमात्र नभई भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रूपमा चित्रण गरेको छ। कम्पनीले आगामी दिनमा पनि विक्रेताको दिगो वृद्धि र नेपालमा ई–कमर्स उद्योग सबलीकरणका लागि निरन्तर प्रतिबद्ध रहने जनाएको छ।