काठमाडौं, १ भदौ
वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ व्याजदर सार्वजनिक गरेका छन्। कूल २० वटा बैंकले प्रकाशित गरेको दरअनुसार साउनको तुलनामा भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत व्याजदर घटेको देखिन्छ।
साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम व्याजदर ५.६८ प्रतिशत थियो भने भदौ महिनाका लागि यो दर ५.५७ प्रतिशतमा झरेको छ।
भदौ महिनामा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र कुमारी बैंक गरी ८ वटाले व्याजदर घटाएका छन्।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, नविल बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंक गरी ११ वटाले भने साउन महिनाकै व्याजदर कायम राखेका छन्।
यता, प्रभु बैंकले भने साउनको तुलनामा व्याजदर बढाएको छ। साउनमा ४.२५ प्रतिशत रहेको दर भदौ महिनामा ५.३५ प्रतिशत पुगेको छ।
भदौ महिनाका लागि बैंकहरूको व्यक्तिगत मुद्दती व्याजदर यसप्रकार रहेका छन्:
-
कृषि विकास बैंक : ५.२० %
-
एभरेस्ट बैंक : ५.७५ %
-
नेपाल बैंक : ५.४० %
-
लक्ष्मी सनराइज बैंक : ५.०० %
-
माछापुच्छ्रे बैंक : ६.०० %
-
एनआईसी एशिया बैंक : ६.२५ %
-
प्रभु बैंक : ५.३५ %
-
स्ट्यान्डर्ड चार्टर्ड बैंक : ५.१३ %
-
राष्ट्रिय वाणिज्य बैंक : ५.५० %
-
नविल बैंक : ५.५० %
-
ग्लोबल आईएमई बैंक : ६.०० %
-
सिद्धार्थ बैंक : ५.५० %
-
प्राइम कमर्सियल बैंक : ६.०० %
-
कुमारी बैंक : ५.२१ %
-
सानिमा बैंक : ५.७५ %
-
हिमालयन बैंक : ६.०० %
-
नेपाल एसबीआई बैंक : ५.२५ %
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक : ५.२५ %
-
एनएमबी बैंक : ६.०० %
-
सिटिजन्स बैंक : ५.५० %