काठमाडौं,२९ साउन
लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफा आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, बैंकको नाफा अघिल्लो वर्षको २ अर्ब ५२ करोड रुपैयाँबाट बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि अघिल्लो पटकभन्दा प्रावधान घटाएपछि नाफामा प्रभाव परेको हो।
बैंकले अघिल्लो पटक तीन अर्ब ५८ करोड प्रावधान राखेको बैंकले यस पटक एक अर्ब १८ करोड मात्र राखेको छ।
बैंकको खुद ब्याज आम्दानी भने ८ प्रतिशतले घटेको छ। १२ अर्ब ३६ करोडबाट बढेर ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरण योग्य मुनाफा ३ अर्ब रुपैयाँ रहेको र यस आधारमा करिब १२.३४ प्रतिशत लाभांश वितरण गर्न सक्ने अनुमान गरिएको छ।
बैंकको वितरण योग्य मुनाफा तीन अर्ब रूपैयाँ छ। बैंकले १२.३४ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ।
ब्याज नउठेका कारण विगतमा नियामकीय प्रावधानमा राखिएको ७२ करोड रुपैयाँ फिर्ता आएसँगै बैंकको लाभांश क्षमता बढेको हो।
विवरणअनुसार, बैंकको खराब कर्जा ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा आएको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५९ पैसाबाट बढेर १६ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ।