काठमाडौं, ११ साउन
साताको कारोबारको पहिलो दिन शेयर बजार परिसूचक १८.४४ अङ्कले घटेको छ। आज (आइतबार) शेयर बजार १८.४४ अङ्कले घटेर २९६४.२० विन्दुमा रोकिएको छ। आज २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
आज ५ करोड ८६ लाख कित्ता शेयर २ लाख ३ हजार ६५८ पटक कारोबार भएको थियो। आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्यमा गिरावट आएको छ। त्यसैगरी ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो।
आज बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, फाइनन्स, निर्जिवन विमा कम्पनी, जीवन विमा कम्पनी, लगानी र अन्य परिसूचकहरु आज घटेका छन्। ट्रेडिङ, विकास बैंक, उत्पादन, म्युचल फण्ड समूह भने बढेको छ। त्यसैगरी माइक्रो फाइनन्स समूह भने स्थिर रहेको छ।
आज ट्रेड टावर लिमिटेड, समता लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जीलगायतको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, नारायणी विकास बैंक, एनआईसी एसिया डिबेन्चर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलगायतको शेर मूल्यमा बढी गिरावट आएको छ।