काठमाडौँ । दिगो विकासमा उल्लेख्य योगदान पुराउनेलाई ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार’बाट सम्मान गरिएको छ ।
राष्ट्यि महत्व राख्ने यस पुरस्कारलाई यस वर्ष दिगो विकासका लक्ष्यमध्ये लक्ष्य नम्बर चार गुणस्तरीय शिक्षाका क्षेत्रमा योगदान पुराउने देहाय बमोजिमका संघ, संस्था र पत्रकारलाई रु १५ लाख बराबरको नगद पुरस्कार र प्रमाण पत्र सहित हिजो २०७९ साल जेठ २७ गते शुक्रवारका दिन राष्ट्पति भवन, शीतल निवासमा आयोजित भव्य समारोहमा राष्ट्पति विद्यादेवी भण्डारीबाट वितरण गरिएको हो।
दिगो विकासका लागि जीवन विकास पुरस्कार प्राप्त गर्न सफल संघ, संस्था तथा पत्रकारहरुः
१. रीड नेपाल, ललितपुर, गैर सरकारी संघ संस्थाको विधामा उत्कृठ ५ लाख र यही विधामा रु १–१ लाखको प्रोत्साहन–पुरस्कार प्राप्त गर्ने नारी विकास संघ, मोरङ र बाल संरक्षण संस्था सर्लाही।
२.श्री कंकाली मावि चन्द्रागिरी, शैक्षिक संघ संस्थाको विधामा उत्कृष्ट भई रु ३ लाख र यही विधामा रु १–१ लाख प्रोत्साहन–पुरस्कार प्राप्त गर्ने श्री नवज्योती मावि कमलामाई सिन्धुली र आदर्श मावि मेचीनगर झापा ।
३.शिक्षक मासिक, ललितपुरले पत्रकारिता विधामा उत्कृष्ट भई रु २ लाख र यही विधामा रु ५०–५० हजारको प्रोत्साहन–पुरस्कार प्राप्त गर्न सफल सुदर्शन सिग्देल, सम्पादक आजको शिक्षा साप्ताहिक र वरिष्ठ पत्रकार रुवी कुमारी रौनियार, नागरिक दैनिक ।
पुरस्कारका लागि राष्ट्यि स्तरका आम सञ्चार माध्यम मार्फत सार्वजनिक सूचना प्रकाशन प्रशारण गरी आवेदन आह्वान गरिएको थियो ।
प्राप्त आवेदन सहितका आवश्यक सामग्रीलाई विषय विशेषज्ञ सम्मिलित एक समितिले सुष्म र गहन रुपले मूल्यांकन गरी स्थलगत भ्रमण समेत गरिएको पुरस्कार वितरण निर्देशक समितिका सचिब ओम शर्मा चापागाईंले जानकारी दिए ।
दिगो विकासका लक्ष्य हासिल गर्न नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमलाई टेवा पुराउने उद्देश्यले जीवन विकास समाज, मोरङले ६ करोड बराबरको स्थायी कोष स्थापना गरेको छ।
यस कोष मार्फत् दिगो विकासमा उल्लेख्य योगदान पुराउने संघ, संस्था व्यक्तिलाई वार्षिक रुपमा पुरस्कृत गर्ने योजना रहेको छ।