काठमाडौँ । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोद्वारा निःशुल्क सीप सिकाउनको लागि भौचर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७८/८९ मा भौचरमा आधारित छोटो अवधिको तालिम सञ्चालन गर्नको लागि छनोट भएका तालिम तथा रोजगार सेवा प्रदायक संस्थाहरू र प्रशिक्षार्थीलाई सोमबार र मंगलबार (७ र ८ गते) प्रदर्शनीमार्ग भृकुटिमण्डप, काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी निःशुल्क भौचर वितरण गरिएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित सो परियोजनामा निःशुल्क रुपमा छोटो तथा लामो अवधिका विभिन्न व्यावसायिक तथा सिपमुलक तालिमहरू सञ्चालन हुँदै आएको परियोजना निर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो ।
कुल २३ हजारले आवेदन दिएकोमा मापदण्ड अनुसार रुजु गरिएका १८ हजार १ हजार १ सय १७ जना थिए । जसमा छनोट समितिले विभिन्न आधारमा छनोट गर्दा ७ हजार ७ सय ९२ जनाको नाम छनोट गरिको थियो । छनोट भएका सबैलाई सूचना दिइएकोमा ४ हजार ८९ जनाले मात्र भौचर प्राप्त गरेका थिए । बाँकी विशेष कारणले उपस्थित हुन् नपाएकाहरूको लागि निश्चित समय निर्धारण गरी कार्यालयबाटै भौचर लिनसक्ने व्यवस्थासमेत गरिएको परियोजना निर्देशक भुसालले जानकारी दिनुभयो ।
परियोजनाले सञ्चालन गर्ने तालिम अन्तर्गतको भौचरमा आधारित छोटो अवधिका तालिमहरू पनि पर्दछन् । जसमा अल्पसंख्यक, सिमान्तकृत, पिछडिएको क्षेत्र, दलित, जनजाति , महिला , निम्न आयस्तर भएका तथा राज्यको पहुँचबाट टाढा रहेका प्रशिक्षार्थीहरूलाई सहभागी गराई भौचर वितरण गरिएको गर्ने गरिन्छ ।
विश्व बैंकको तथ्यांकअनुसार विगतका वर्षहरूमा विभिन्न ठाउँबाट आएका सहभागीले आफ्नो पहुँचले नभ्याउने खालको तालिम पनि यस परियोजनामार्फत निःशुल्क रुपमा तालिम लिई रोजगारीको अवसर प्राप्त गरी आत्मनिर्भर बनेका छन् । यस परियोजनामार्फत तालिम लिएका मध्ये ७० प्रतिशत भन्दा धेरैँ स्वरोजगार भएको तथा व्यावसायी बनेको परियोजना निर्देशक भुसालले बताउनुभयो ।
सो कार्यक्रममा व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोका परियोजना निर्देशक भुसालसहित परियोजना उप–निर्देशक खेमनाथ पोख्रेल , उप–सचिव केवलिराम अधिकारी , सूचना अधिकारी शिवराज पोखरेल , अधिकृत गंगाबहादुर सुनार, लेखा अधिकृत विमल दवाडी, प्रशासन सहायक सुमन भट्टराई , शाखा अधिकृत अष्ट लामा, शाखा अधिकृत उद्धवराज कटुवाल, उप–सचिव (लेखा) देवहरि गौतमलगायतको उपस्थिति रहेको थियो ।
तस्बिरमा तालिमका केही झलकहरु....




