काठमाडौँ । नेपाल हस्तकला महासंघको अध्यक्षमा प्रचण्ड शाक्य विजयी भएका छन् । शनिबार सम्पन्न महासंघको ४१औँ वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमितिको लागि गरिएको निर्वाचनमार्फत महासंघको अध्यक्षमा शाक्य विजयी भएका हुन् ।
हिजो भएको सो निर्वाचनमार्फत नयाँ कार्यसमितिको अध्यक्षमा शाक्यसहित वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला उपाध्यक्ष दिपेन्द्र शाक्य, बस्तुगत उपाध्यक्ष अमृत खड्का , एसोसियत उपाध्यक्ष किरन स्थापित, वाणिज्य उपाध्यक्ष दिल्ली रत्न तुलाधर, उद्योग उपाध्यक्ष दिब्यतारा तुलाधर, व्यक्तिगत उपाध्यक्ष नवीन शाक्य विजयी भएका छन् ।
वाणिज्यतर्फको कार्य समितिमा क्रमशः प्रताप शाक्य, राकेस बज्राचार्य, मिलन वीर मालाकार रहेका छन् भने उद्योगतर्फको कार्य समितिमा क्रमशः अमुल्य देवि तुलाधर, रत्नमुनी बम्हचार्य, बिक्रम शिङ रहेका छन् । यस्तै, व्यक्तिगत कार्य समितिमा क्रमशःमानिक मान शाक्य, विकास शाक्य, उदिप शाक्य, सुजन शाक्य रहेका छन् ।
यसैगरी, कार्य समितिमा क्रमशः गनेश राजचल (भक्तपुर), पदम बराल ( झापा) रहनुभएको छ भने बस्तुगत कार्य समितिमा क्रमशः रेखा अर्याल, श्री कृष्ण प्रजापती र एशोशियटतर्फको कार्यसमितिमा दिपेन्द्र शाक्य रहेका छन् । नव निर्वाचित कार्य समितिले सोमबार सपथ लिने कार्यक्रम रहेको छ ।