काठमाडौँ । पर्वत बिहादी गाउँपालिका सेवा समाज काठमाडौँको साधारण सभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ ।
आज शनिबार माउन्ट धौलागिरी कम्प्लेक्स, ढुङ्गेधारा काठमाडौँमा सम्पन्न भएको सो अधिवेशनमा निर्वाचनमार्फत अध्यक्षमा टिकाराम न्यौपानेसहित २१ सदस्यीय समिति गठन भएको छ ।
जसको सह-अध्यक्षमा जितबहादुर लामिछाने, वरिष्ठ उपाध्यक्षमा रोशन तिवारी र उपाध्यक्षमा क्रमश: युवराज पौडेल, प्रवीण भुसाल, यमकला काफ्ले, चिरञ्जिवी भुसाल रहेका छन् ।
यस्तै, समितिको सचिवमा वेदप्रसाद भुसाल, सह-सचिवमा क्रमश: तिलक भट्टराई, देवेन्द्र न्यौपाने, कमल पराजुली रहेका छन् भने कोषाध्यक्ष मुना न्यौपाने रहेका छन् । समितिका अन्य सदस्यमा क्रमश: विनय भुसाल, थानेश्वर भट्टराई, विवश काफ्ले, गंगाधर काफ्ले, विष्णु क्षेत्री, आनन्द शर्मा, अरुण पराजुली र खुम भुसाल रहेका छन् ।