काठमाडौँ । 'सेना दिवस-२०७८' को अवसरमा 'दोश्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस-२०७८' आज सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक जिल्लामा तैनाथ श्री गोरख बक्स गणले विभिन्न सरकारी निकाय, संघ संस्था तथा स्थानीय समुदायसँगको सहकार्यमा आयोजना गरेको सो रेस प्रतियोगितामा प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्लाका जिल्ला न्यायधीश माननीय चन्द्र प्रकाश तिवारीको प्रमुख रहनुभएको थियो ।
कार्यक्रममा खुल्ला तर्फ प्रथम देवराज महतरा (नेपाली सेना), द्वितीय श्रीकाश राई (नेपाली सेना), तृतीय सुमन कुलुङ्ग (गैह्र सैनिक व्यक्ति) र चौथो भिम बहादुर गुरुङ्ग, पाँचौँ, राजेन्द्र राई, छैठौँ याङ्गदेव राई रहेका छन् ।
यस्तै महिलातर्फ प्रथम, नितु तामाङ(गैह्र सैनिक व्यक्ति), द्वितीय भगवती खत्री(गैह्र सैनिक व्यक्ति), तृतीय पासदिकी शेर्पा(नेपाली सेना) रहेका छन् ।
उक्त प्रतियोगितामा भोटेकोशी गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न व्यवसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।