मेष: आजको दिन राम्रो रहेको छ । पति-पत्नीमा सम्बन्ध सुमधुर बन्ने योग छ । आर्थिक लाभ मिल्ने सम्भावना बलियो देखिन्छ ।
बृष: आजको दिनमा लामो दूरीको यात्रा हुनसक्ने योग छ। नोकरीमा पदोन्नति हुनसक्छ । अन्य क्षेत्रतर्फ पनि ध्यान जानसक्छ ।
मिथुन: मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ। पारिवारिक समस्या सुल्झनेछ। राजनीतिक पक्ष मध्यम रहने योग छ। चौपायाबाट भने राम्रै मुनाफा मिल्ला।
कर्कट: आजको दिनमा शैक्षिक क्षेत्र शुभ रहला। राजनीतिको विषयले केही चिन्तित बनाउने योग छ।
सिंह: आजको दिनमा अनावश्यक काममा समय बित्नेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सरिक हुने योग छ।
कन्या: रोजगारीको अवसर प्राप्त हुनेछ । आकस्मिक घटनाले चिन्तित बन्न सकिनेछ । काममा सहजता अपनाउनुहोला ।
तुला: आजको दिन शुभ रहेको छ । पैतृक सम्पत्ति प्राप्तिको योग छ। खनिज कारोबारमा मध्यम आम्दानी होला ।
बृश्चिक: आजको दिनमा धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। व्यापारिक पक्ष मध्यम रहला।
धनु: आजको दिनमा धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। व्यापारिक पक्ष मध्यम रहला।
मकर: वैदेशिक यात्राको योग रहेको छ। सन्तानमा पुत्र प्राप्ति हुने योग रहेको छ।
कुम्भ: कामप्रतिको चासो बढेर जानेछ। व्यापारमा प्रसस्त मुनाफा मिल्ने योग रहेको छ।
मीन: आर्थिक पक्षमा कठिनाइ आउला। समाजसेवामा सरिक भइएला। अरुबाट धोका पाइएला।