नेपालको सबैभन्दा पहिलो बैंक नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
बैंकले लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।
आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ ।
बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ ।
बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१÷३१ जनाका लागि कोटा छुट्याएको छ । बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २÷२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।
सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ ।
यसका लागि व्यवस्थापनमा प्रमाणपत्र/प्लस टु उत्तीर्ण हुनुपर्नेछ । योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यसरी दिनुस् आवेदनः
दरखास्त दस्तुर बुझाउने सम्वन्धी सूचना
बैंकमा रिक्त रहेका विभिन्न पदमा मिति २०७८।११।२० देखि २०७८।१२।१० सम्म दरखास्त फारम बुझाउने उम्मेदवारहरुले सोही मितिभित्र अनिवार्य रुपमा eSewa, Khalti, Fonepay, ConnectIPS, IMEPAY मार्फत दरखास्त दस्तुर बुझाउनु हुन सूचित गरिन्छ ।
दरखास्त फारामको लागि User बनाउने तरिका
- बैंकको वेभसाइट http://www.nepalbank.com.np/ काे Notice Tab अन्तर्गतकाे Career Notice रहेको Click Here to apply online/ Click here to check application satus मा Click गरेपछि प्राप्त हुने Screen मा देखिने Window को Top Right Corner को New Registration मा Click गर्नुपर्नेछ।
- उम्मेदवारले New Registration मा आफ्नो आधिकारीक Email ID राखि सो मा उल्लेख भएका सम्पूर्ण विवरणहरु भर्नु पर्दछ । यसरी विवरणहरु भरिसकेपछि फारामको अन्त्यमा रहेको Register Button मा Click गर्नुपर्नेछ ।
- यसरी Register Button मा Click गरेपश्चात् उमेद्वारले राखेको Email Address मा प्राप्त हुने Verify Your Email Address Button मा Click गरी Type a New Password मा Click गरी Password राख्न सकिनेछ । (यहां प्रविष्ट गरीएको password नै भविष्यमा आवेदन पेश गर्न, आवेदनको अवस्था check गर्न तथा प्रवेशपत्र print गर्न आवश्यक पर्ने ।)
- यसरी प्राप्त गरेको Email address/Application ID र Password को प्रयोग गरी Login to your Account बाट उम्मेदवारले Login गरी दरखास्त फाराम भर्न सक्नेछन्।
दरखास्त फाराम भर्ने तरिका
- Registration गरीसके पछि आफुले आवेदन दिन चाहेको विज्ञापनको दायां पट्टी रहेको "Apply" button मा Click गर्ने । र Portal मा भर्नुपर्ने सबै व्यक्तिगत विवरण, पारिवारिक विवरण, आवेदन समुह, शैक्षिक विवरण(विज्ञापनका लागि आवश्यक भएमा अनुभव र तालिमको विवरण समेत) भरी शुल्क भुक्तानी Tab मा त्यहां उपलब्ध Option मध्ये आफुले बुझाउन चाहेको कुनै Option मा Click गरी शुल्क भुक्तान गर्ने । शुल्क भुक्तानी पछि गर्ने भएमा सोहि Page मा रहेको "शुल्क भुक्तानी पछि गर्छु" मा tick गरी "Submit Application Form" मा Click गर्ने ।
Note: हरेक Tab/Page भरे पश्चात सो page को अन्तिम-दायां भागमा रहेको "Save and Next" button मा click गरी अर्को page मा जान सकिनेछ । एक पटक फाराम भर्न सुरू गरी, कारणवस बिचमै exit हुन परेमा समेत भरेका सबै Information/file सुरक्षित रहने र अर्को पटक सोहि Page बाट बांकी फाराम भर्न सकिने ।
- Page मा आवश्यक सबै field, उपलब्ध निर्देशन बमोजिम English तथा Nepali-Unicode मा भर्ने तथा हरेक field मा लेखिको निर्देशन अनुसारकै document Upload गर्ने । (upload गर्नुपर्ने गलत स्थानमा upload गर्नु हुदैन ।
दरखास्त फाराम भर्दा कुनै समस्या परेमा
- दरखास्त सम्बन्धि आवश्यक प्रश्न सोध्नु परेमा, आफ्नो login गरे पश्चात, portal को दायां-माथि (Top-Right) भागमा रहेको "Help & Support" मा Click गरी सोध्न सकिनेछ ।
- थप कुनै समस्या भएमा बैंकको मानवश्रोत व्यवस्थापन विभागको निम्न नम्बर वा इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।
फोनः 01- 4247999 Ext- 210, 407 इमेल: [email protected]