नेपाल सरकारको निर्णय अनुसार नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा ३ बर्षको लागि नियुक्त भई पदबहाल गरेको आज ३ बर्ष पूरा भएकोछ। यस कार्यकालमा कम्पनीको सेवा बिस्तार, गुणस्तर सुधार, पूर्बाधार बिकास र नीतिगत, कानुनी तथा ब्यबस्थापकिय कार्यशैली सुधारमा कार्यहरु गर्ने अबशर प्राप्त भयो। ७७ जिल्लाका ७१० स्थानीय तह भन्दा बढि ठाउँमा अत्याधुनिक प्रबिधिको 4G/LTE सेवा बिस्तार, ६२ जिल्लाका शहर तथा शहर उन्मुख क्षेत्रहरुमा Voice, Internet र IPTV सहितको FTTH सेवा बिस्तार, ब्याकबोन तथा मोबाइल नेटवर्कको पूर्बाधार बिस्तार र स्तरोन्नती, सेवाको गुणस्तर अभिबृद्दि, सेवाको महशुलमा कटौति, Covid-19 को यथोचित Response तथा कम्पनीको सांगठनिक, नीतिगत, ब्यबस्थापकिय लगायत क्षेत्रमा सुधारका कार्यहरु समेत अगाडि बढाउने कार्यहरु भएका छन्। Covid-19 को विश्वब्यापि महामारी र राष्ट्रिय तथा अन्तराष्ट्रिय र स्थानिय स्तरमा भएका निषेधाज्ञाका कारण कतिपय कार्यहरुमा ढिलाई हुन गएका छन्। समग्रमा Digital Nepal Framework कार्यान्वयनको Foundation को रुपमा रहेको ICT Connectivity को क्षेत्रमा कम्पनीले उल्लेख्य कार्यहरु गर्न सकेको छ।
दूरसंचार जस्तो सम्बेदनशिल नेपाल दूरसंचार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको जिम्मेबारीको लागि विश्वास गरि अवसर प्रदान गर्नु हुने तत्कालीन प्रधान मन्त्री ज्यू र उहाँको नेतृत्वको मन्त्रिपरिषद प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै, निरन्तरको साथ सहयोगको लागि बर्तमान प्रधानमन्त्री ज्यू तथा मन्त्रिपरिषद, संचार तथा सूचना प्रबिधि मन्त्रालय, नियामक निकाय, बिभिन्न संबैधानिक निकायहरु, जनप्रतिनिधि ज्यूहरु, कम्पनीको संचालक समितिका अध्यक्ष तथा सदस्य ज्यूहरु, आम उपभोक्ता बर्ग, कर्मचारी साथिहरु, उपकरण तथा सेवा बिक्रेता कम्पनीहरु तथा सम्पूर्ण सुभेक्षुकहरु प्रति हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्न चाहन्छु। कम्पनीको आगामी नेतृत्व प्रति चुनौतीको समना गर्दै कम्पनीको बृहत्तर हित तथा सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु। धन्यबाद!!!