नेपाली राजनीति आकाशमा लामो राजनीतिक इतिहास बोकेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य , अर्जुन प्रसाद जोशी द्वारा नेपाली कांग्रेसको गण्डकी प्रदेश पहिलो सभापतिमा पदमा उम्मेद्बारी घोषणा ।
हिजो पोखरा स्थित एक पार्टी प्यालेसमा एक कार्यक्रमका बीच आफ्नो उम्मेद्बारि घोषणा गरेको जोशीको निजि सचिवालयले प्रष्ट पारेको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गण्डकी प्रदेशको सभापति पदमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य , स्थानिय तह समन्वय बिभाग प्रमुख , संबिधान सभा सदस्य, पुर्व सांसद जोशी आउने भएपछि कांग्रेसिजन उत्साहीत भएको पाइएको छ । जोशी स्वच्छ नेताका रूपमा परिचित मानिन्छन् ।
कुशल सङ्गठनकर्ता ,धेरै जना बीच अभिभावकिय भुमिका निर्वाह गर्न सक्ने खुवि निकै अनुभवी र कुटिल राजनीति छवि भएका नेताका रूपमा जोशीलाई चिन्दछ्न। जोशी "आम युवा जागर संग निकै अपडेटेड नेता हुन। बेस्ट ब्रेन"
लाई संगै साथ लिएर हिंड्न् सक्ने र स्थान दिने गर्दछन । गण्डकी प्रदेश भर निकै लोकप्रिय् नेताको रूपमा चिर परिचित छन।
पारिवारिक इतिहास नै अब्बल भएका जोशी जिल्ला मात्रै नभएर गण्डकी प्रदेशका ११ वटा जिल्लाहरु मा प्रभाव जमाएका नेताका रूपमा चिनिएका छन। हिजोको तत्कालीन धवलागिरी अञ्चल हुँदा कांग्रेसको केन्द्रिय सदस्य रहेका जोशीलाई शक्तिशाली नेताका रूपमा हेरिन्छ । स्थापित एक असल नेता रूपमा हेर्ने गरिएको पाइन्छ । हिजो विद्यार्थी काल देखि नै राजनीति मार्फत समाज बदल्न सकिन्छ भने प्रेरणा पाएका जोशी पृथ्वीनारायण क्याम्पस होस , त्रिभुवन बिश्वबिधालय होस यात बि.स २०४८ देखि निरन्तर २०६४ सम्म पर्वतको पार्टी सभापतिका रूपमा नेपाली कांग्रेस पार्टी र जिल्ला को नेतृत्वमा रहेर गरेका सकारात्मक काम हरु हुन सबै आम नागरिकका प्रति गर्व गर्ने लायक मानिन्छन् । संगठन बिस्तार , सुदृढीकरण ,पार्टी भित्र को आन्तरिक एकतालाई सदैव सम्मान गर्ने उनको चरीत्र रहेकोे कांग्रेस वृत र आम नागरिकहरु बाट सूनिन्छ ।
२०५६को ससदिय निर्वाचन , २०६४ को पहिलो संविधान सभा निर्वाचन र २०७०मा दोस्रो संविधानसभा निर्वाचनमा बिजय हासिल गरेका ऊनी निरन्तर निर्वाचन जित्ने नेताको सुचीमा छन। सदैव पर्वत तत्कालीन क्षेत्र .१ बाट निरन्तर ३ पटक निर्वाचित भएर हेब्बी ओयट नेताको उपमा पाएको मानिन्छ ।
नेपाली कांग्रेसको ११ औ अधिवेशन वाट निरन्तर केन्द्रिय सदस्य रहेका जोशी पार्टी भित्र निकै प्रभाव जमाएका , कुशल संगठनकर्ता र इमान्दार नेताको छबि भएको नेताका रूपमा चिनिन्छन।
केन्द्रिय सभापति शेर बहादुर देउवाका बिश्वास पात्र जोशीको उम्मेद्बारीले नेपाली कांग्रेस गण्डकी प्रदेशमा कांग्रेस बृत र उत्साह र उमङ छाएको कांग्रेस निकट श्रोतले जानकारि दिएको छ । ६ दशक लामो जीवन यापन गरेका जोशी झन्डै ४.५ दशक प्रत्यक्ष राजनीतिमा सक्रियता पुर्वक निरन्तर लागी परेका नेता हुन।
सबैमा समेट्न सक्ने , मिजासिलो स्वभाव , पार्टी भित्र भावनात्मक एकता कायम गर्ने निरन्तर सक्रिय जोशीलाई दुबै पक्ष बाट साथ रहेने कुरा बुझिएको छ ।