काठमाडौं, २ भदौ
गैरआवासीय नेपाली संघ ९एनआरएनए० अमेरिकाको राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा सतेन्द्र शाह निर्वाचित हुनुभएको छ। चुनावमा विजयी भएपछि उहाँले आफूलाई समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।
शाहले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै भन्नुभएको छ, “मलाई एनआरएनए अमेरिकाको नेतृत्वमा पुगेको हेर्न चाहेर मैले उम्मेद्वारी गर्ने सोंच सार्वजनिक गरेदेखिनैं अनवरत सहयोग गर्नुहुने र सद्भाव देखाउनुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्दछु। म सगैं एनआरएनए एनसिसी अमेरिकाको विभिन्न पदमा र च्याप्टरका पदहरुमा निर्वाचित हुनुहुने सबैलाई बधाई सहीत सगैं सफल यात्राका लागि शुभकामना दिन चाहन्छु।”
शाहले अध्यक्षका प्रतिस्पर्धी भानु खरेल, रामहरी अधिकारी र रामजी आचार्यसँगै मिलेर एनआरएनए अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रतिस्पर्धीहरूको राम्रा योजनालाई कार्यान्वयनमा लैजानेतर्फ पनि आफू जिम्मेवार रहने बताउनुभएको छ।
उहाँका अनुसार, एकताबद्ध एनआरएनए मात्र गैरआवासीय नेपालीहरूको मुद्दा समाधान गर्न सक्षम हुन्छ। उहाँले चुनावी अभियानका क्रममा गरेका वाचा र प्रतिबद्धता पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ।
शाहले एकताबद्ध एनआरएनएले मात्र एनआरएनहरुका मुद्दालाई सम्बोधन गर्नसक्छ भन्ने कुरामा आफू पूर्ण जानकार रहेको उल्लेख गर्नुभयो। आफूले चुनावी अभियानको क्रममा गरेका वाचा र प्रतिबद्धतालाई कार्यान्वयन गराउने पनि शाहको भनाई छ।
सो अवसरमा उहाँले निर्वाचन समिति, वर्तमान कार्यसमिति, पूर्व अध्यक्ष तथा पदाधिकारी, अभियन्ता, पत्रकार र सबै सम्बद्ध पक्षलाई धन्यवाद प्रकट गर्नुभएको छ।