काठमाडौं,२६ साउन
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको तर्फबाट होइन, व्यक्तिगत पहलमा जन्मिएको बताउनुभयो छ। सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उहाँले यो संस्था आन्दोलनप्रति निष्ठाका आधारमा स्थापना गरिएको स्पष्ट पार्नुभयो।
ओलीका अनुसार, एक समय यस्तो परिस्थिति आएको थियो जब मदन आश्रित दिवस, श्रद्धाञ्जली सभा वा जन्मदिन मनाउन नपाइने स्थिति बनेको थियो। “त्यतिबेला विकृतिपूर्ण लेखहरू नेतृत्वबाट लेखिने र प्रकाशित हुने अवस्था थियो, त्यसैले आन्दोलनप्रति निष्ठावान भएर मदन स्मृति प्रतिष्ठान जन्मिएको हो,” उहाँले भन्नुभयो।
उहाँले मदन भण्डारीका विचारसँग असहमत भएर पाखण्डी व्यवहार देखाउने समूहमा नगेको र सधैं पार्टी तथा आन्दोलनको पक्षमा रहनुको कारणले यो संस्था बनेको बताउनुभयो।
ओलीले अब फाउन्डेसनको आगामी दिशा हेर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै पदाधिकारीका अभिव्यक्ति र गतिविधिले अन्योल सिर्जना गरेको टिप्पणी गर्नुभयो।
उहाँले पुष्पलाल र मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको पार्टीकै पहलमा बनेको स्मरण गर्दै, समयक्रममा केही प्रतिष्ठान व्यक्तिगत स्वार्थमा केन्द्रित हुने प्रवृत्ति देखिएको बताउनुभयो।
उहाँले पहिला पार्टीले बनाएको प्रतिष्ठान व्यक्तिको हुने गरेको समेत बताउनुभयो। “कतिपय पार्टीले गर्छ। पछि व्यक्तिका हुन्छन्। त्यो हुनुहुँदैन। “हाम्रा संस्था सामूहिक हुनुपर्छ, पार्टीको अहितमा प्रयोग गर्न हुँदैन,” उहाँले जोड दिनुभयो।