काठमाडौं
बझाङको त्रिवेणी नगरपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सफलतापूर्वक सम्पन्न गरेको छ।

करिब ४२२० मिटर उचाइमा, मल्लागिरी पर्वतको काखमा अवस्थित यस मन्दिरको पुनर्निर्माण कार्य मिति २०८१ चैत्र २८ गतेबाट सुरु
गरिएको पुनर्निर्माण कार्य मिति २०८२ आषाढ २३ गते सम्पन्न गरिएको हो।
पुनर्निर्माण अवधिभर पनि श्रद्धालु भक्तजनका लागि मन्दिर खुल्ला राखिएको थियो।
.jpeg)
प्राचीन धार्मिक संरचनाको मौलिकता जोगाउँदै प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौँ संशोधन सहित) को दायराभित्र रही, पुरातत्त्व विभागको स्वीकृत नक्सा र प्राविधिक सल्लाह तथा त्रिवेणी नगरपालिकाको समन्वयमा मन्दिर निर्माण सम्पन्न भएको हो। निर्माणमा परम्परागत सामग्री र शैलीको प्रयोग गरिएको छ, जसले मन्दिरको ऐतिहासिक मौलिकता कायम राखेको छ।

रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालिगडहरू र स्थानीयहरूको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब २ महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।
