ललितपुर, ११ चैत
नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनबाट अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित हुनुभएको छ।
महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा चम्लागाईं ३५१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो। अध्यक्षका प्रत्यासी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गर्नुभयो। खसेको ४७० मतमध्ये ४५२ मत सदर भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी गराउनुभयो।
सङ्घको महिला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी अनिता घिमिरे गैरे निर्वाचित हुनुभयो। त्यस्तै खुला उपाध्यक्षमा ३३२ मत प्राप्त गरी उदयबहादुर लिम्बू निर्वाचित हुनुभएको छ। खुला उपाध्यक्षका प्रत्यासीहरु टेकप्रसाद अचार्यले ७० तथा उमेश पौडेलले ३५ मत पाउनुभयो।
कार्यसमितिको महामन्त्रीमा गणेशबहादुर खत्रीले ३४९ मत र किरणकुमार पासवानले २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ। महाधिवेशनबाट महिलातर्फको तीन केन्द्रीय सदस्यमा प्रभा आङ्दम्बे, प्रेमगीता बस्नेत र सरस्वती पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ।
खुलातर्फको केन्द्रीय सदस्यहरूमा कुमार कँडेल (राजन), गङ्गाप्रसाद वाग्ले, जनकबहादुर बुढा, टेकबहादुर गुरुङ, विनोदकुमार कार्की, राधाकृष्ण गुरुङ र सरोज सेढाईं निर्वाचित हुनुभएको निर्वाचन अधिकृतले श्रेष्ठले जानकारी गराउनुभयो।
त्यस्तै शारीरिक अपाङ्गतर्फको केन्द्रीय सदस्यमा धर्मराज घिमिरे, कोशी प्रदेशबाट अंगुरा बस्नेत र भक्तबहादुर बस्नेत, मधेस प्रदेशबाट शोभा लामा र बलदेव मण्डल, बागमती प्रदेशबाट सुप्रभा अर्याल र विरु कमल श्रेष्ठ, गण्डकी प्रदेशबाट कृष्णकुमारी श्रेष्ठ र दीपक हमाल, लुम्बिनी प्रदेशबाट रजनी शाह र तेजनारायण उपाध्याय, कर्णाली प्रदेशबाट जनकबहादुर शाही र रेसा आरसी र सुदूरपश्चिम प्रदेशबाट देवुकुमारी विक र अनिलकुमार मल्ल निर्वाचित हुनुभएको छ।
त्यस्तै दृष्टिसम्बन्धी अपाङ्गतातर्फबाट कृष्णबहादुर बुढा, सुनुवाइसम्बन्धी अपाङ्गतातर्फबाट मनीष सुब्बा, स्वर र बोलाइसम्बन्धी अपाङ्गतातर्फ दीपक अधिकारी, बौद्धिक अपाङ्गतातर्फ हेलेना श्रेष्ठ, हेमोफेलिया अपाङ्गतातर्फ अर्जुन तामाङ निर्वाचित हुनुभएको जनाइएको छ।