भक्तपुर: भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ।
भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो।
स्ववीयूको निर्वाचन सम्पन्न भएपस्चात बनाइएको आचार संहिता अनुसार नै मतगणना हुँदै गर्दा नेविसंघका उम्मेदवार २ सय भन्दा बढी मतान्तरले लिड गरेपछि विभिन्न बहानाबाजी गर्दै नेक्राविसंघका गणनामा बसेका प्रतिनिधिहरू उठेर हिँडेका हुन्।
समानुपातिक र प्रत्यक्ष तर्फका मतहरू एक अर्का बाकसमा पनि हुन सक्ने र सो मत सदर मानिने भनिएको थियो तर समानुपातिकको मतपेटिकामा भएको प्रत्यक्ष तर्फको ३ मत प्रत्यक्षतर्फ गणना गरी रहेको स्थानमा ल्याएपछि विवाद भएको थियो। विवादका बिच नेक्राविसंघका गणनामा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू गणना स्थल छोडेर नारा बाजी लगाउँदै बाहिरिएपछि ५९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएको गणनामा बसेका एक प्रतिनिधिले बताए।
आफू हार्ने पक्का पक्की भएपछि नेक्राविसंघले लफडा गरेको विद्यार्थीहरू बताउँछन्।
२०६० साल देखि लगातार स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ अघिल्लो पटक २०७९ देखि स्ववियू बाहिर भएको थियो। नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेक्राविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएपछि उनीहरूले विभिन्न बहाना गर्दै आएको अनेरास्वीयूका एक नेताले बताए।
२०६० सालमा नेक्राविसंघ दुई टुक्रा भएको नेविसंघको एक खेमा साथमा लिएर स्ववियू सभापतिमा विजयी भएको थियो। यस्तै २०६२ र २०६५ सालमा अनेरास्वीयूलाई साथमा लिएर २०७३ मा नेविसंघ सँग संयुक्त प्यानल बनाएर नेक्राविसंघ नेपाल भरमा एक मात्र क्याम्पस भक्तपुर क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्दै आएको थियो। अघिल्लो निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको प्यानल निर्वाचनमा होमिएपछि स्ववियू बाहिर भएको नेक्राविसंघ यो पटक पनि नेविसंघ र अनेरास्वीयूको नै प्यानल भएपछि आफू यो पटक पनि स्ववियू बाहिर हुने पक्का पक्क भएपछि मतगणनामा लफडा गर्दै आएको विद्यार्थी नेताहरू बताउँछन्।
३ मत बढी आएपछि यो कसरी आयो भन्ने विषयमा विवाद भएको नेक्राविसंघका एक नेताले बताए। उनका अनुसार आचार संहिता अनुसार गणना भएको छैन समानुपातिक मतपेटिकामा भएको प्रत्यक्ष मत बढी मत हो यो कसरी आयो यहाँ धाँधली भएको छ भन्दै हामी गणना स्थलबाट बाहिरिएको उनको भनाई छ। कुन मत सदर हुने कुन बदर हुने भन्ने विषयमा सहमति भएको भए पनि समानुपातिकको मतपेटिकामा फेला परेको मत बढी नै भएको मत भएका कारण आफूहरूको यसमा विमति भएको उनले बताए।