काठमाडौँ । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइनल खेलमा भारतले नेपालसमक्ष २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतकीय इनिङ खेलेका थिए । उनले ४९ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०० रनको इनिङ खेलेका थिए ।
त्यस्तै, रिन्कु सिंह र शिवंम दुवेले पाँचौं विकेटका लागि २२ बलमा ५२ रनको सानदार साझेदारी गरेका थिए । अन्तिम ओभरमा २५ रन बनाउँदै उसले इनिङ समाप्ती गरेको थियो ।
सिंह १५ बलमा ३७ रनमा अविजित रहँदा दुवे १९ बलमा २५ रनमा अविजित फर्किए ।
त्यसअघि कप्तान गायकवार्डले २५ रन बनाए। त्यस्तै, तिलक बर्मा २ रनमा आउट हुँदा जितेन्द्र शर्मा ५ रनमा पेभिलियन फर्किए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सोमपाल कामी, सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए ।
नेपालले समूह चरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
भारतले आफ्नो दोस्रो रोजाइको टिम चीनमा पठाएको छ । ऋतुराज गायकवाडको कप्तानीमा रहेको टिममा अधिकांस खेलाडीले राष्ट्रिय टिमको अनुभव बटुलिसकेका छन् ।
साथै आइपिएलमा धुवाँधार प्रदर्शन गरेकाले भारतीय टिम उपाधि दाबेदार मानिएको छ । महिलातर्फको क्रिकेटको स्वर्ण भारतले जितिसकेको छ ।
हाल १३ ओभरमा नेपालले भारतसामु १११ रन लिएको छ भने वीकेट गुमाएको छ ।