काठमाडौँ, असार ९ गते । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २६.१६ अङ्कले घटेर २,६७४.४८ विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३१ अङ्कले घटेर ४६१.४८ मा झरेको छ ।
आज कुल ३५३ कम्पनीका १ करोड ४० हजार १६४ कित्ता शेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँ बराबरमा कारोबार भएका छन् । कारोबारमध्ये २२ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । त्यसपछि सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर अगाडि रहे ।
आज टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले लाभ कमाएका छन् ।
त्यस्तै, बुङ्गल हाइड्रोपावर, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरका शेयरधनीले घाटा बेहोरेका छन् ।
#NEPSE #ShareMarketNepal #StockMarketNepal #NepalNews #BusinessNewsNepal
#NepseUpdate #StockMarketUpdate #KathmanduNews #InvestmentNepal #ShareBazar
#HydropowerNepal #NepalEconomy #FinanceNews #BreakingNewsNepal #TodayNewsNepal