झन्डै तीन करोड नेपाली जनतालाई खाडी मुलुक, जापान, अमेरिका कोरिया अनिविश्वको हरकुनाबाट नमस्ते,
विभिन्न अवसरको खोजि, अध्ययन अध्यापनको खोजि अनि घरको रोजीरोटी धान्न बाहिरिएका नेपाली जनताको तर्कबाट स्वदेशमै बसेर देशको हरेक परिवर्तनको साक्षी बनेका नेपालीहरुमा हामी परदेशिएका नेपालीको तर्फबाट अग्लो शिखर सगरमाथा देखि गहिरो अरुण उपत्यका सम्म, पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मलाई सम्झना अनि यो पत्र ।
हामी नेपाली परदेशमा बस्दा विकासका चरमउत्कर्षका विन्दुदेखि विदेशीको जीवन र जीवनयापन देखि परिचित छौँ । बाहिर निस्किएर सडकमा मोटर हाक्दा होस्, या टहलिदै बाटो चाहार्दा होस्, बाटोको संरचना देख्दा मन हुरुकई भएर आउछ । यहाँका सार्वजनिक शौचालयहरु प्रयोग गर्दा त्यहाँको सरसफाई होस् वा खाना खान जादा होटलको संरचना देख्दा होस्, विद्यालय प्रशासनमा जाँदा त्यहाको बनोट देख्दा होस् । यी सबै कुराको अवलोकनका गर्दा मनको कतैकुनामा अर्को मन बोलिरहेको हुन्छ म जन्मेको ठाँउ, हुर्केको देश कहिले यसरी नै अघि बढ्ला भन्ने लाग्छ ।
जो नेपाली हामी सृजनशील छौ, शारीरिक अभ्यास गर्न सक्षम छौँ, देशकका ठिक ट्याक बन्न सक्षम छौँ धेरै अहिले बाहिर छौँ । हामीहरुले रेमिटान्स पठाउने र केहि समय सीप सिकेर नेपाल जानु सिवाय तत्काल यो लेख्नु भन्दा केहि गर्न सक्दैनौँ । त्यसैले यो कलमले परिवर्तनको आवाज बोल्दै छ । मेरा नेपाली युवाहरुलाई अग्रजहरुलाइ, बुझक्कड हरुलाई पनि यस्तै लाग्दो हो कि उनीहरु विदेशमा जाँदा देखेका विकासले उहाँहरुलाई छुदो हो कि देशमै यसतै बनाउ भन्ने लाग्दो हो कि । हामी नेपाली धेरै सन्तोषी छौँ । हामीलाई अरु विकास तत्काल गरेर धेरै फेर्नु छैन बस् स्वदेशमै बसेर आफ्ना दुइहात जोर्न र दैनिक उपभोगीय वस्तु सहजै उपलब्धताको आवश्यकता छ ।
यसको लागि हामी जनताले धेरै कुराको खोज अनुसन्धान र धेरै कुराबाट सीप लिएर यो चुनावमा आफ्नो मत देखाउनु पर्छ । भ्रस्टाचारविरुद्ध शुन्य सहनशीलता बाटो अङ्गिकार गर्नुपर्छ । जनतासँग भोट माग्न जाँदा विभिन्न सिद्धान्त र आदर्शका विचार अनि घोषणापत्र देखाउने सत्तामा पुगेपछि लुछाचुँडीको राजनीति गर्ने माननीय ज्यूहरुलाई समयमै चिन्नु जरूरी छ ।
नेपालका रातनीतिज्ञ भनेको “हात्तीका देखाउने दाँत एउटा खाने दाँत अर्को” भने झै हो । भुइँबाट सत्तामा पुग्ने बेला आफ्नो पार्टी र कार्यकर्ता बनाउने सत्तामा पुगेपछि पार्टी र घोसणापत्रविहीन हुने किसिमको जुन प्रवृति छ, त्यसको पछाडिको ‘लोजिक’ बुझ्नुपर्छ ।
यसको सोझै अर्थ के हो भने यदि कसैसँग स्वार्थ मिल्यो भने उनीहरुले आफ्नो बाटो भूल्न हिच्किचाउदैन्न वा यसो भन्दा झन् उपयुक्त ठहरिन सक्छ “हिड्दै छ पाइला मेट्दै छ “ यसरि आफ्नो पहिचान भुल्नेहरुलाई कसिंगर जस्तै यो चुनावको हावाले उडाउनु पर्छ । हामीले आफ्नो पार्टी रोजनुको कारण भनेको त्यो पार्टीको सिद्धान्तलाई र अग्रपंक्तिमा रहेका नेतृत्व रोजनु भन्नु हो । तर हाम्रोमा के हुन्छ भने सबै पाटी मिलेर गठबन्दन गर्ने अनि चुनाव गर्ने अनि सबै मिलेर देश चलाउने । स्वार्थ मिलेन भने गठबन्धन तोड्ने आ–आफ्नो बाटोमा फर्किने ‘कही नभएको जात्रा हाँडिगाऊमा ।’ अबको चुनावमा नेपाली जनताले गठबन्धन गरेर आउने जूनसुकै पाटीलाई हराउनु जरूरी छ । विकासलाई गतिशीलता प्रदान गर्नस्थिर सरकारको खाँचोपर्छ । त्यसको लागि नेपाली जनताले कन्जुस्याइँ नगरिकन एउटा मात्र पार्टीलाई बहुमत दिने हो भने धेरै समस्याको हल यसै हुन् सक्छ ।
अझ अर्को लाइनमा भन्दा हामी नेपाली जनता ‘जनता ज्यादा पाटीको कार्यकर्ता कम’ भएर चिन्तन र त्यसै अनुरुप व्यवहार गर्न सक्ने हो भने आदा समस्याको हल त नगरिकन आफै सुध्रिन सक्छ । बिगतमा गठबन्धन गरेर जाने पाटीले देशलाई दुर्घटना गराउन सक्छन् भन्ने कुरा हामीले अहिलेको पाच वर्षमा भोगी सकेका छौ । तसर्थ नेपाली जनताले आफ्नो मान्छे, म जन्मदै यसै पार्टीमा जन्मेको थे, हजूरबुवा, हजुरआमा, बुवा वा छिमेकी यसै पाटीमा भएकोले यो पाटिमा लागेको भन्दापनि मैले यसलाई जिताए भने तत्लाघरे माइलाले खेतीको लागि पानी ल्याउन सक्छ, माथिल्ला घरे सान्दाइ देश छोडेर परदेश जानु पर्दैन, घरापरिको ठुल्दिदी गर्भवती हुदा सदरमुकाम वा राजधानी जानु पर्दैन, पढ्नको लागि गाँउ छोड्नु पर्दैन, सस्तोमा र छात्रवृत्तिको लागी पढ्न बाहिर जानु पर्दैन, देशमा भएका बाँझा जमिनाहरुलाई उब्जनी हुने जमिनको रुपमा प्रयोग गर्न सकिन्छ, छाउपडी बालबिबाह अनि जातिबाटलाइ हटाउन सकिन्छ, विकासका पूर्वाधार खडा गर्न सकिन्छ ।
देशलाई दोहोरो अंकको आर्थिक क्रान्तितिर लैजान सकिन्छ, कृशिमा क्रान्ति गर्न सकिन्छ, नेपामसँग गरिएका असमान संधिहरु खारेज गर्न सकिन्छ भन्ने कुरामा बढी जोड दिएर आफ्नो उम्मेदवार छानी मतदान गर्नु आजको सबैभन्दा ठुलो आवश्यकता हो ।
विश्व राजनीति इतिहास पल्टाउने हो भने अस्स्तु, प्लेटो, अब्राहम लिंकन वा कार्लमाक्सका राजनीतिक विचार आफ्नो समयमा वा समय भन्दा अघि मानव जातिको लागि थिए, नेपालको राजनीतिक इतिहास पल्टाउने हो भने नेपालमा पनि बिपी कोइराला वा मदन भण्डारीका आफ्नै किसिमका विचार दिएका थिए । सबै कसै न कसैको विचारसँग प्रभावित थिए यो प्राकृतिक प्रक्रिया पनि हो ।
यधपि नेपालमा नेपालीको आफ्नै किसिमको मौलिक विचार भन्ने छैन कटु शब्दमा भन्दा सबैखाले विचारहरु आयातित विचारहरु नै हुन् । हामी नेपालीको अर्को दुर्भाग्य भनेको चाहिँ नेपाल एकीकरण गर्ने राष्ट्रपिताको सम्मान गर्न र मार्गदर्शनलाई पछ्याउन पछाडी पर्यौँ । यसको पछाडी आ–आफ्नो किसिमका स्वार्थहरु स्पट रुपमा देखिदै आएका छन् । विदेशी निकायसँग बिक्नु, विदेशीको गुणगान गाउदा आफूलाई महान ठान्नु पनि हाम्रो कमजोरीको रुपमा प्रकट भएको पाउन सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल दुई ढुङ्गाबिचको तरुल भन्नुभएको थियो । युगले काचुली फेरेसँगै संसारले नि आआफ्नो स्वरूप र परिस्थिति बदलेको छ । नेपालको पूर्व, पश्चिम दक्षिणमा विश्वको दोस्रो ठुलो जनसंख्या र उत्तरमा विश्वको पहिलो जनसंख्या रहेको छ । यहि जनसंख्यालाई केन्द्रविन्दुमा राखेर नेपालमा उत्कृस्ट विश्वविद्यालय र अनुसन्धानको ‘हब’को रुपमा नेपाललाई विकास गर्न सक्ने हो भने पनि नेपालको नक्सा विश्व मानचित्रमा फरक खाले छाँप दिने खाले बनाउन सकिन्छ ।
नेपालको पानीबाट बिजुली र नेपालको पानी बेच्नलाई बाहिर पठाउँन सक्ने हो भनेपनि नेपालमा फरक किसिमको परिवर्तन गर्न सकिन्छ । नेपालले आफ्नो साँस्कृति पहिचान र पर्यटनको क्षेत्र चिनाउन नेपाल सरकारले काम गर्न सक्ने हो भने पनि नेपाल दश वर्षमा धेरै अघि पुग्न सक्छ । हाम्रो देशमा भिजन नभएको कोहि छैन तर नेतृत्व पंतिमा रास्ट्रप्रति जुन किसिमको पवित्रता हुनुपर्ने हो त्यो नभएकाले देश अध्यारो बाटोतर्फ उन्मुख हुँदै गएको छ, यसलाई यूटन मोडेर सहि ट्रयाकमा ल्याउनु ।
यो चुनावको विशेष काम भएकाले नेपाली जनताले स्वविवेक प्रयोग गरी मत राख्नु हुन सम्पूर्ण परदेशिएका नेपालीको अनुरोध छ । नेपालमा नेपालीको आफ्नो मौलिक र आफ्नै किसिमको सोच बनाउनु यसको जग बसाउँनु पनि आजको आवश्कता हो । यसको लागि नेपाली जनता नेताहरुलाई दोष लगाई राख्नमा समय ब्यतित गर्नु भन्दापनि सुझाब र मन नपरे लोकतान्त्रिक प्रक्रिया बाट निकाल्न पछाडी पर्नु हुदैन । एउटा भनाइ छ नि ‘देशले आफ्नो हैसियत अनुसारको नेता पाउछ’ यसमा विरोधाभाष पनि छ तर यसलाई बिल्कुलै नकार्न भने सकिदैन अबको चुनाबमा नेपाली जनताले आफ्नो हैसियत के भन्ने पनि देखाउनु पर्छ ।
सबै नेपाली जनताको मत बोल्ने किसिमको मतदान गर्नु पर्छ । आजलाई यति लेख्दै अर्को चिठी भने आउने चुनाबमा लेख्ने छौ ।
धन्यवाद,
उहिँ तपाईका परदेशिएका
नेपालीहरु ।
लेखकः भरत खत्री‘सान्दाइ’