मेषः मन प्रसन्न हुनेछ। आयआर्जन निकै राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या आउनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।
वृषः बोल्दा ख्याल गर्नुहोला। साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
मिथुनः सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।
कर्कटः दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्। काम गर्दा आफन्तको सल्लाह लिएर गर्दा राम्रो हुनेछ ।
सिंहः प्रसन्नता बढ्नेछ। पुराना रोगबाट छुटकारा मिल्नेछ। शत्रु नाश हुनेछ। स्वास्थ्यमा समस्या देखिन्छ।
कन्याः दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।
तुलाः शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।
वृश्चिकः पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।
धनुः सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ। सहयोगी बढ्नेछन्। सोचेको काम पूरा हुनेछ ।
मकरः मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला। यात्रामा लाग्दा विचार पुर्याउनु होला ।
कुम्भः आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ। उत्साह बढ्नेछ। मेहनत गरे सोचेको काम पुरा हुनेछ ।
मीनः खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेरको थालेको काममा सफलता मिल्नेछ। आफन्तसँग राम्रो सम्बन्ध रहनेछ ।