काठमाडौँ,७ पुस
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत आयोजना कार्यान्वयनका लागि करिब करिव २.३७ करोड अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ।

यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि र विकासलाई गति दिने एमसीसी नेपाल कम्प्याक्टको लक्ष्य हासिलतर्फ महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने एमसिए–नेपालले जनाएको छ।
एमसिए–नेपालले आज एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि शर्मा – कुमार संयुक्त उपक्रमसँग करिव दुई करोड अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।
यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट – मुग्लिब सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिव ३६।६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।
यी आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किमि सडक खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ भनेनारायणघाट – मुग्लिब सडक खण्डको आवधिक मर्मत गरिनेछ। सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि ती नयाँ प्रविधि नेपालमै पहिलो पटक गर्न लागिएको हो।

आज सोमबार एक समारोहबीच नेपालका लागि अमेरिकी राजदूत श्री डिन थम्प्सन, अर्थ मन्त्रालयका सह– सचिव डा। धनिराम शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव श्री सुशील बाबु ढकाल, सडक विभागका महानिर्देशक डा। विजय जैसी, एमसिए–नेपाल सञ्चालक समितिका सदस्यहरू, एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल तथा एमसीसी र एमसिए–नेपालका कर्मचारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट तथा शर्मा – कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि श्री सौरभ शर्माले धान खोलादेखि लमहीसम्मको सडक खण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुका साथै उक्त सम्झौता एक आपसमा आदानप्रदान गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्प्सनले धान खोला–लमही सडक स्तरोन्नति र नारायणघाट–मुग्लिन सडक मर्मत आयोजना अमेरिका–नेपाल साझेदारीको सशक्त उदाहरण भएको बताउनुसभयो। उहाँले यी सम्झौताले मिलेनियम च्यालेञ्ज कम्प्याक्टको गति, दुई देशबीचको सहकार्य र नेपाली जनताका लागि मूर्त परिणाम प्रदान गर्ने प्रतिबद्धता झल्काउने उल्लेख गर्नुभयो।
अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिले दिगो, प्रभावकारी र मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त गरेको बताउँदै आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले नयाँ प्रविधि प्रयोग गरी सडक प्रणालीको गुणस्तर सुधार गर्ने एमसिए–नेपालको प्रयास प्रशंसनीय रहेको बताउनुभयो।
एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेलले यस आयोजनाले नेपालको सडक सञ्जालको भरपर्दोपनामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।
एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले यी सम्झौताले यातायात लागत घटाउने, सडक सुरक्षामा सुधार ल्याउने तथा यात्राको गुणस्तर बढाउने बताउनुभयो।
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना नेपालको सडक अवस्था सुधार गर्दै आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यले अघि बढाइएको कार्यक्रम हो।
