झर्को लागेर मैले फोन स्विच अफ गर्न लागेको थिए तर त्यो कलले एउटा शालिन ब्यक्तिको छनक दिने स्वोरमा अरु कसैलाइ फोन गर्दा मलाई परेको भनि माफि माग्दै थियो । म छक्क परे, त्यो स्वोरले धेरै पहिला देखिनै म सँग जीवनका उकाली ओरलिमा सगै यात्रा गरेको सहयात्रीको जस्तो सहज र शालिन भाषामा आफ्नो परिचय दिदै म सँग केही मिनट कुरा गर्यो, मानौकी उ मेरो नजिकको कोही हो ।
म भित्र भवानाका तरङ्गहरु मडारिन थाले र मैले पनि त्यो स्वोराधारिको तस्बिर मनभित्र कोर्न थाले। त्यो स्वोरको फोन करिब दिनको एकपटक आउन थाल्यो, हरेक कलमा डिस्टर्ब भयो की भन्ने पहिलो प्रश्न हुन्थ्यो अनि म बिजि छु भन्ने बित्तिकै फोन काटिन्थ्यो।
म फुर्सदमा भएको बेला लामो समय गफ हुन्थ्यो र त्यो स्वोरले मलाइ "समयमा खाना खाने, श्वात्तिक खाना खाने, समय मा घरमा आउने, ठिक समयमा सुत्ने, बिहान सबेरै उठ्ने, शरिरिक ब्यायम गर्ने र आफ्नो तन र मन लाइ सधै स्वास्थ्य राख्ने" सल्लाह दिन्थ्यो, मानौ कि उ मेरो जीवनको सहयात्री, साझेदार वा मेरो अबिभाबक नै हो।
म पनि नर्सरिमा पढ्ने बच्चाले मिसको कुरा माने झै आज्ञाकारि हुदै उनको कुरामा सहमति राख्दथे। मलाइ त्यो स्वोरधारि ब्यक्तित्वलाइ श-शरिर देख्न मन लाग्यो, अनि अनुरोध गरे, स्विकार भयो । ठाँउ, दिन र टाइम पनि निस्चित गरियो। भनिएको दिनको तय गरिएको समय भन्दा अलि अगाडिनै म सो ठाउमा पुगि अधिर हुदै प्रतिक्षामा रहे।
मलाइ त्यसबेला हरेक मिनटहरु लामो लगेको थियो, मेरो घडिको सुइ पनि साह्रै ढिला घुमेजस्तो लाग्यो । जो मान्छे त्यो बटो हुदै हिडे पनि उहि मेरो फोनिङ ब्यक्ति हो कि भन्दै हेर्दै गर्दाका ति केहि अधिर मिनटहरु पछि एक जाना ब्याक्ति अलिक सङ्कोच र त्रसित अनुहार लियेर मेरो नजिकै आएर सोध्यो "हजुर कसैको प्रतिक्षामा हो?" मैले अनुमान गरिहाले त्यो मृदुभाषि स्वोरधारि शरिर त्यहि हो भनेर।
तै पनि प्रतिप्रस्न गरे "हजुर ले भेट्नु पर्ने कस्लाइ?" कोकिलकण्ठमा जवाफ आयो "आहत अपाङ्गलाइ"। मलाइ रिङ्गटा लागे जस्तो भयो अनि पर्खालको भित्तोको आड लिदै सो ब्यक्ति म आफै भएको बताए। तत्काल उनको चेहेरा मा अबिस्वास, शङ्का र त्रास का रेखाहरु सलबलाउन थाले। उनि अत्याधुनिक पोशाक, गरगहना र श्रीङ्गार बाट सजिएकि सुन्दरताकि खानि थिइन मानौकि स्वोर्गबाट मर्त्यलोकमा घुम्न आएकि अप्शरा नै हुन।
उनको हिमचुलि जस्तो उझ्यालो, गोरो अनुहार, सामुन्द्रीक छाल जस्तो कपालको चाल, गुलाबि गाला, पुष्ट बक्ष, मृग नयन, बारुलि कम्मर, मोति दन्त, मोहनि हेराइ, गम्भिर चेहेरा, मयुरपङ्खी रङ् बिरालाको जस्तो हिडाइ, जस्को नजिक मृत लास राखिदिए पनि उनको हेराइ र स्पर्शले लासलाइ पुनर्जीवन दिइ जुरुक्क उठाउला जस्तो भान दिने हाउ भाउ कटाक्षले मलाइ पनि क्षतबिक्षत बनायो। तर दुर्भाग्य जब मैले फोनमा कुरा गर्ने 'अपाङ्ग' भन्ने ब्यक्ति म नै हुँ भनेथे, उनको चेहेरा र हेराइमा एकाएक परिवर्तन आयो।
अनि म उनको परिबर्तित अनुहारलाइ पढ्न थाले र थाहा पाए- उनले फोनमा सम्पर्क भएको ब्याक्ति एक जवान, शुन्दर पुश्ट चेहेरा, हृस्टपुस्ट खाइलाग्दो शरिर, अग्लो कद, रसिला आँखा, पोटिला गाला, शान्दार आधुनिक पोशाक लगाएको आकर्षक ब्यक्तित्व, जीवन्त पुरुषार्थ भएको नवयुवा, समर सिजनको बाहक होला भन्ने कल्पना र अनुमान गरेको मानसिक तस्बिर भत्किसकेको थियो जब उनले म जस्तो एक नाम नै "अपाङ्ग" भएको लुरे, ताइरे, ग्याण्टे, फोगटे, फुस्रो, फिस्टो, नाक का पोरा खुलेको, कपाल फुलेको, न त दाह्री फालेको, न त कपाल पालेको, न त गगल भिरेको न त ह्याट सिउरेको, न त कोट लगाएको न त नोट हल्लाएको, न त जकेट लगाएको न त कतै पकेट भएको, न त कार भएको न त सार भएको, न त आँट भएको न त गाँठ भएको, न जिउ डाल राम्रो न हाउ भाउ राम्रो, न हेराइमा चमक न चलाइमा लचकता, न शरिर शान्दार न बोलि दमदार, न राम्रो पढ्न सकेको न राम्ररि सढ्न सकेको, न प्रगति गर्न सकेको, न पुरुस्वत्तका जङ्घार तर्न सकेको, एक अधकल्चो, तन र मन दुबै ओइलाएको, भर्खर जेल बाट निस्के जस्तो, चिडियाखानको चिम्पान्जि जस्तो,
चाउरिएको छालाले छोपेको अश्थिपन्जरलाइ सादा कपडाले ढाकेको जिउदो लास जस्तो, चर्खे पिङ्का रित्ता सिट हल्लिएझै हात र जिउ हल्लाउने, चर्म हड्डीको आकृति- देख्दा उनको कल्पनामा त्यो ब्यक्ति माथि बनाएको मानसिक तश्बिर भतभुङ्ग हुन पुग्यो अनि उनि झस्याङ्ग भइन। उनको चेहेराको रङ् उड्यो, उनि आत्तिइन, हडबडाइन, उनको मानसपटलमा ज्वारभाट आयो, अनुभव, अनुभुति र सोचाइमा पैह्रो गयो, कल्पनशिलतामा डढेलो लाग्यो, कल्पनाको सँसारमा भुइचालो आयो, सबै रहर्, आकङ्क्षा र सपनालाइ सुनामिले बगाइदियो, कल्पिएको घर भत्कियो, पुर्बानुमानमा चट्याङ् पर्यो, बर्तमानले अत्तायो, झस्कायो, अनि धपायो।
त्यसैले एकछिन भुइतिर हेरेर टोलाउदै पुलुक्क मेरो खोपटे अनुहारमा रापिलो नजर फाल्दै आत्तीएको आवाजमा "सरि . ." भनिन, अनि म बाट टाढिइन। म स्थिर भइ सालिक ठडिए झै ठडिइ उनको बिरालो हिडाइको पदचाल लाइ हेरिरहे। एकै छणमा उनि बजारको भिडमा अदृश्य बनिन। तर उनले र मैले छुट्टिए पछि गुनगुनाएको गीत एउटै हुनु पर्छ- - "के शोचे मैले, के भयो अहिले . . . . . . . . . . . . "