पर्वत । ग्लोबल आइएमई बैंक लिमिटेडका सिनियर डिपुटी प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रराज रेग्मीले पर्वत बहुमुखी क्याम्पसलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको छ ।
जिल्लाको फलेवास नगरपालिका देवीस्थान- ६ स्थित पर्वत बहुमुखी क्याम्पसको प्रशासनीक कार्य सञ्चालनको लागि रेग्मीले ४ थान सिपिओ, ४ थान मोनिटर, १ थान प्रिन्टर, स्क्यानर र फोटोकपी सिपियू क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।