२०२८ सालमा महामानब विपीको राष्टियता, प्रजातन्त्र र समाजवादको नीतिबाट प्रभाबित भै विसंसंघको सदस्यतासँगै सुरु भएको मेरो राजनीतिक यात्रा, सूवर्ण शम्सेरको जोश, गणेशमानको निडरता, किसुनजिको कुटनिती र चतुर्याइको प्रभाबले अझैबढी सकृय हुने प्रेरणा मिल्यो।
प्रजात्रन्त्र प्राप्तिका निम्ति कात्रो बाँधेर होमिएको म प्रतिबन्धित अवस्थामा २०४४ सालमा स्थाई पेशा लाई तिलान्जली दिएर साझा हित र सर्वहाराको उद्दारका लागि लड्नुनै जीवनको मुख्य लक्ष्य बन्यो। यी चरणहरुमा कसैका निम्ति हानी नहोस समकक्षीहरुलाई साथ लिएर हिँड्ने प्रयासनै गरेँ कसैलाई भित्ता लगाउने कार्य गरिएन।
विभिन्न अनुभव सगाल्ने क्रममा भारत, हङकङ, थाइल्यान्ड, सिंगापुर जस्ता देशहरुको भ्रमण गरी त्यहा भएको विकासको मोडेल नेपालमा ल्याउने मेरो लक्ष्य र नेपालीहरुको जीवनस्तर उकास्ने चाहाना जीबनको उत्तरार्ध, अस्वस्थ अनि जीर्ण शरीर हुँदा पनि जीवितै छ।
नेपाली कांग्रेस पार्टीबाट प्राप्त जिम्मेवारीमा २०४६ सालमा मोहनिलाल भुसालको नेतृत्वमा रहेको पन्चायती ब्यबस्थाका विरुद्धको आन्दोलनमा आन्दोलन परिचालन समितिको पैँयु क्षेत्रको सचिव हुँदै २०४९को पर्बत क्षेत्र न.२ को अधिवेशनदेखि निर्वाचित क्षेत्रीय समितिको सभापती, जिल्ला कार्यसमितिको उप सभापती, महाधिवेशन प्रतिनिधि, महासमिती सदस्य हुँदै २०५२ पछिको ससस्त्र आन्दोलनको अवस्थामा बिद्रोही समूहको तगारो बन्दै हरेक पटक संघर्षको मैदानमा निस्वार्थ डटि रहदाँको त्यो पल अनुरुप २०६२(२०६३को जन आन्दोलनको नेतृत्व तहमा रहेर गरेको लोकतान्तृक आन्दोलनको उद्देश्य जनताको जीवनस्तर उकास्न पर्छ जसको लागि ब्यबस्थासंगै अवस्थाको परिवर्तन हो भन्नेनै हो।
जीवनका आरोह अबरोहमा रहेको राजनितिक यात्रामा २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मेरो आस्थाको दल नेपाली कांग्रेसको तर्फबाट उमेदवार, त्यसपछिका निर्वाचनमा संगठन निर्माणमा निरन्तरता नै छ।
समयको परिवर्तन र बालक युवा,युवा प्रौढ, प्रौढ बृद्ध हुने प्राकृतिक नियम अनुसारको प्रकृयाले हिजोको बालक आज नेतृत्वमा पुग्नु स्वभाबिक हो,तर इतिहासको हेक्का नराखी, ब्यक्तिगत प्रचार,मन गणन्त्य बिचार, गन्तव्य हिन मपाई पाराले नेपाली काँग्रेस जस्तो गौरबशाली ईतिहास बोकेको पार्टीको कार्यकर्ता भएर पुर्बजहरुको अपमान सहितका भाषा प्रयोग गर्न विभिन्न मिडिया तथा सामाजिक संजालमा नाना थरिको बयान बाजि गर्ने जस्तो कु संस्कारले युवाहरुको राजनितिक यात्राले कति दुरि पार गर्ने हो भन्नेमा प्रश्न चिन्ह खडा गरेको छ।बिपिका बिचारलाई आफ्ना बिचारमा परिवर्तन गर्दै अपमानका गाँथा बुन्नेहरुबाट यो देशको राजनितिक परिपाटी बिसंगती र गन्तव्यहिन यात्रामा हिडेको मेरो अनुमान रहेको छ।
परिवर्तन सहिदको रगत,नेताहरुको त्याग र समर्पणले प्राप्त भएको हो, कसैले दानमा दिएको होइन हेक्का रहोस नीति, विधि र विधान लत्याएर नेता बन्ने मुर्खाई नगरौँ राजनिती नीतिहरु मध्यको उत्तम निती हो यसलाई यसरी नै बुझौँ।जय नेपाल।
लेखकः प्रजातन्त्र प्राप्तिका निम्ति कात्रो बाँधेर आन्दोलनमा होमिएका कांग्रेसका एक कुशल नेता गिरीराज गौतम हुनुहुन्छ।