मेषः यो साता खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । निर्णायक क्षमतामा कमी आउनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
वृषः यो साता नयाँ कमको थालनी पनि हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुनः यो साता चिताएको कामले तीव्रता लिनेछ । धार्मिक कार्य सफल रहनेछन् । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।
कर्कटः यो साता प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला ।
सिंहः यो साताको सुरुका दिनमा मानसिक चिन्ता बढ्नेछ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको अवसर आउन सक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कन्याः यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
तुलाः यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
वृश्चिकः यो साता नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला ।
धनुः यो हप्ता मिश्रित फल मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । सुखसुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।
मकरः यो साता पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ ।
कुम्भः यो सातमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।
मिनः यो साता आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ ।