मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। आफूले गर्दै आएको दैनिकीमा केहीकमी हुँदैन। दाम्पत्य जीवन सुमधुर रहनेछ।
वृष : दिन सामान्य राम्रो छ। सोचेर मात्र बोल्नुहोला। परिवारसँगको सल्लाहमा गरिएको कामबाट फाइदा हुनेछ।
मिथुन : दिन सामान्य राम्रो छ। मानसम्मान मिल्नेछ। शत्रु नाश हुनेछ। रोगको प्रकोप बढ्ने भएकाले सचेत हुनुपर्नेछ। कर्मभूमिमा संघर्ष गर्नुहोला।
कर्कट : दिन सामान्य राम्रो छ। मानसम्मान बढ्नेछ। अरु क्षेत्र सामान्य भएपनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।
सिंह : दिन सामान्य राम्रो छ। उन्नति हुनेदिन छ। प्रेममा विछोड हुने देखिन्छ। अन्य दैनिकी यथावत रहनेछ। काम गर्दा विचार पुर्याएर गर्नुहोला।
कन्या : दिन सामान्य राम्रो छ। पुरानो लगानी उठ्ने सम्भावना छ। अन्य क्षेत्रहरु यथावत रहेपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो प्रगति हुनेछ।
तुला : दिन सामान्य राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। खर्च थपिनेछ। मानसम्मान प्राप्त हुनेछ। स्वस्थ्यमा समस्या आउनेछ। पठनपाठनमा रुची बढ्नेछ।
वृश्चिक : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धामा भाग लिएको भए राम्रो अंकले उत्तिर्ण भइनेछ। बोल्दा ख्याल गरेको राम्रो।
धनु : सम्पत्तिमा घाटा, शुभकार्यमा बाधा हुनेछ। वैदेशिक क्षेत्रमा भने उन्नति हुनेछ।
मकर : दिन त्यत्ति राम्रो छैन। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
कुम्भ : दिन सामान्य राम्रो छ। बोल्दा समाजलाई हित हुने कुरा बोल्नुहोला। स्वास्थ्यमा समस्या आउनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ।
मिन :दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। राजनीतिमा अघि बढ्नुहोला। विदेश जाने सोच त्यागेर स्वदेशमै लगानी गर्नु उपयुक्त हुनेछ।