मेषः आजको दिन सामान्य राम्रो रहेको छ । जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ । राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ ।
वृषः आजको दिन सामान्य राम्रो रहेको छ । बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला । शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। प्रेममा धोका मिल्नेछ ।
मिथुनः आजको दिन सामान्य राम्रो छ । धन लाभ हुनेछ । प्रधिस्पर्धी निस्तेज हुनेछन् । व्यापार व्यवसायमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा भने राम्रो छ ।
कर्कटः आजको दिन निकै राम्रो छ । बोलीको प्रभाव बढ्नेछ । प्रशंसा गर्नेहरु बढ्नेछन् । प्रेममा सफलता मिल्नेछ । कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ ।
सिंहः शत्रु नाश हुनेछन् । राजनीतिमा असहयोग हुनेछ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ ।
कन्याः दिन धेरै राम्रो छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । अन्य क्षेत्र भने सामान्य रहेको छ ।
तुलाः दिन सामान्य राम्रो छ । आम्दानीसँगै खर्च पनि बढ्नेछ । परिवारबाट सहयोग मिल्नेछ । अन्य क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ ।
वृश्चिकः पारिवारिक सहयोग मिल्नेछ । बोल्दा विचार गर्नुहोला । निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ । स्वास्थ्यमा भने समस्या आउने देखिएको छ ।
धनुः बोलीको प्रभाव बढ्नेछ । अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ । भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ । प्रेममा भने धोका मिल्नेछ।
मकरः दिन निकै राम्रो छ । काममा सफलता मिल्नेछ । नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ । प्रेममा सफलता मिल्नेछ ।
कुम्भः कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। नयाँ काममा भने हात नहालेकै राम्रा े। राजनीति, सामाजिक, वैदेशिक, आर्थिक क्षेत्रहरु यथास्थितिमा छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
मिनः आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ । आफन्तबाट भने जोगिनुपर्नेछ ।