सेयरबजारमा आज उछाल आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १०१.०७ अंकले बजार बढेको हो। नेप्से उक्त अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ।
साताको पहिलो कारोबार दिन सेन्सिटिभ सूचक समेत दोहोरो अंकले अर्थात् १६.३७ अंकले बढेको हो।
आजको बजारमा २२८ वटा सेयर कारोबार भएको छ। यसअनुसार ९० लाख २२ हजार कित्ता बिक्री भएको छ। उक्त सेयर चार अर्ब ८७ करोड ७ लाख १५ हजारमा किनबेच भएको हो।
आज १३ वटै उपसूचकहरु हरियो छन्।
कसले कमाए?
आज १ सय ८८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने चारवटाको मूल्य घटेको छ।
नेप्सेका अनुसार एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंकलगायत सातवटा कम्पनीको सेयरमा सर्किट वा ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
आज गुमाउने लगानीकर्ताले २.९३ प्रतिशतसम्म गुमाएका छन्।
कारोबारका आधारमा आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३४ करोड रुपैयाँको कारोबार भएको हो। त्यस्तै अपि पावर लिमिटेडको ३० करोडको, आईसीएफसीको २१ करोडको, नेपाल टेलिकमको १९ करोडको सेयर खरिदबिक्री भएको छ।