मेष – आजको दिनमा आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाइको सहयोगका साथै धनलाभको पनि योग रहेको छ ।
वृष – धन वृद्धि हुनेछ । मान महत्व बढ्नेछन् । व्यापारमा फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगति हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ ।
मिथुन – आजको समय शुभ फलदायक रहनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ ।
कर्कट – आयस्रोत र आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
सिंह – धन मान सुख शान्ति बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् ।
कन्या – भाग्योदय हुनेछ । रोकिएको काम बन्नेछ । कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । यात्रामा आकर्षण बढ्नेछ ।
तुला – दौडधुप र व्यस्तता बढ्ला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ ।
वृश्चिक – कार्यमा सफलता मिल्नेछ । आशा उत्साह वृद्धि होला । यसैक्रममा अवसर गुम्न पनि सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – उन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनु हुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । प्रेम गर्ने अवसरका साथै प्रेमसम्बन्ध विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला ।