मेष: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृष: आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ।
मिथुन: आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ ।
कर्कट: धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ ।
सिंह: कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
कन्या: आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। साथीभाइसँग समय पनि बित्नेछ ।
तुला: विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
वृश्चिक: आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ। प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।
धनु: बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।
मकर: आज कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।
कुम्भ: आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकायको भय रहनेछ ।
मिन: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।