शिव महिमा सामान्य छैन । वेद अध्ययन गर्दा शिवलाई
वैदिक दर्शनले महान् आत्मा मानेको छ । वैदिक मन्त्रहरुमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, ईसान रुद्र आदि नामहरुबाट चारै वेदका ऋचाहरुमा भगवान् शिवको स्तुति गरिएको छ ।
आनादि कालदेखि नै अस्तित्वमा रहँदै आएको विश्वास गरिने पशुपतिनाथको मन्दिर ईशाको पहिलो वा दोस्रो शताब्दीतिर सुपुष्प देव राजाको पालामा स्थापित भएको मानिन्छ। पशुपतिनाथको मन्दिरमा महाशिवरात्रि पर्व मनाउने प्रचलन र परम्परा पनि त्यति नै पुरानो हुनसक्ने जानकारहरू बताउँछन्।
विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन् र आध्यात्मिक ज्ञानका लागि भौतारिएको देखिन्छ । महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ।
महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ। पशुपतिनाथलाई विश्व आध्यात्मिक केन्द्रका रुपम विकास गरी नेपालले मनग्गे मात्रामा आर्थिक फाईदा लिन सक्छ ।
आर्थिक र आध्यात्मिक लाभसँगै महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ। युनेस्कोको विश्व सम्पदा सूचिमा रहेको हुनाले पशुपति क्षेत्र विश्वसामु परिचित रहेको छ। संसारमा परिचित छ । महाशिवरात्री पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ । वाग्मती नदी किनारमा अवस्थित पाशुपत क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक विविधिताहरू देख्न सकिन्छ। पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रका तिनै विविधता हेर्न र तिनमा भिज्न सक्दछन् । विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा समेत सहयोग पुग्न सक्छ । धेरैभन्दा धेरै भारतीय र अन्य छिमेकी देशका तीर्थालु पर्यटक पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने विदेशी देशबीचको सम्बन्ध सुधार मार्फत आर्थिक फड्को मार्न टेवा पुग्ने निश्चित छ ।
महाशिवरात्रि पर्वमा भगवान पुशुुपतिनाथ भगवानले हामी सवै देश विदेशमा रहने नेपालीलाई सुख, शान्ति र स्वस्थ्य बन्ने शक्ति प्रदान गरुन् भन्ने हार्दिक शुभकामना छ ।