मेष: तपाईँको आजको दिन सामान्य छ। आय आर्जनको बाटो खुल्नेछ । शैक्षिक क्षेत्रमा गरेको श्रम लगानीबाट उत्साहजनक फाइदा मिल्नेछ ।
वृष: बोली कै कारण सम्बन्ध बिग्रने भएकाले बोल्दा सावधानी अपनाउनुहोला । राजनीतिमा सफलता मिल्नेछ। प्रेममा धोका पाइनेछ।
मिथुन: पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। सम्बन्ध सुमधुर हुनेछ । राजनीति क्षेत्रमा वादविवाद बढ्नेछ ।
कर्कट: आजको दिन राम्रो छ। मित्रबाट सहयोग मिल्नेछ। यात्रामा समस्या हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो देखिन्छ ।
सिंह: दिन राम्रो छ। आफ्नो तर्कले सार्थकता पाउनेछ। अरुको लागि पनि सोचेर काम गर्दा फाइदा हुनेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। पठनपाठनमा रुची बढ्ने छ।
कन्या: दिन ठिकै छ। प्रियजनबाट धोका मिल्नेछ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। वैदेशिक रोजगारमा गरेको पहल कदमीले राम्रो फल दिनेछ। पूराना मित्रसँगको भेटले मन प्रशन्न हुनेछ।
तुला: दिन सामान्य राम्रो छ। बोलीमा ठूलो प्रभाव छ। सोचेर मात्र बोल्नुहोला। खर्च बढ्नेछ। प्रेममा धोका हुन सक्नेछ। अन्य क्षेत्र राम्रै रहे पनि राजनीतिको क्षेत्रमा आफ्नाबाट राम्रो सहयोग मिल्नेछ।
वृश्चिक: दिन ठिकै छ। बोल्दा ख्याल गर्नुहोला, मीठो बोले पनि नमिठो लाग्न सक्छ। रिस बढ्नेछ। संयमता अपनाउनुहोला।
धनु: आफ्नो प्रभावले प्रतिस्पर्धी निस्तेज हुनेछन्। सोचेको काम बन्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा भने घाटा हुनेछ।
मकर: शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा दिनेछ। वैवाहिक सम्बन्धको लागि गरेको प्रयास सफल हुने योग रहेको छ। बिहानै उठेर सूर्यको दर्शन गर्नु फलदायी देखिएको छ।
कुम्भ: स्थानान्तरणको सम्भावना रहेको छ। आफू बसेको क्षेत्रमा भन्दा वरपरबाट मात्र प्रशंसा पाउने योग छ। ठूला योजना भने तर्जुमा नगर्नुहोला, ढिलासुस्ती हुनेछ।
मिन: आजको दिन राम्रो छ । अपुरा काम बन्नेछन्। पठनपाठनमा आलश्य बढ्नेछ । भगवान गणेशलाई सम्झिएर गरेको काम पूरा हुनेछ। साथीभाइसँग राम्रो सामीप्यता रहनेछ ।