मेष: आजको दिनमा तपाईँको आम्दानी बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीले उल्लेख्य नतिजा मिल्नेछ । स्वास्थ्यमा समस्या रहेकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ ।
वृष: बोलीमा ख्याल गर्नुपर्नेछ । स्वास्थ्य समस्या आउन सक्छ । शिक्षामा भने जोश थपिनेछ। लगानीबाट सफल हुने योग रहेको छ।
मिथुन: आर्थिक, सामाजिक, वैदेशिक क्षेत्र यथावत छन् । स्वास्थ्य र शिक्षामा राम्रो छ । वैदेशिक रोजगारमा गरेको लगानीले राम्रने परिणाम दिनेछ ।
कर्कट: पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । आफन्तबाट सहयोग मिल्नेछ । शिक्षामा भने आलस्य बढ्नेछ । वैदेशिक क्षेत्रमा भने उचित फल पाइनेछ ।
सिंह: राजनीतिको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक मानसम्मान बढ्नेछ । पेटको समस्या देखिनेछ खानपानमा ख्याल गर्नुहोला ।
कन्या: आजको दिनमा पराक्रम बढ्ने देखिन्छ । प्रतिस्पर्धी पराजित हुनेछन् । धार्मिक क्षेत्रमा मन जानेछ । मनोरञ्जनमा मन जानेछ ।
तुला: आजको दिनमा कुनै दीर्घकालीन योजना बन्नेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । पठनपाठनमा रुची बढ्नेछ । राजनीति, वैदेशिक, सामाजिक क्षेत्रमा थयावत रहनेछ ।
वृश्चिक: कार्यक्षेत्रबाट प्रशंसा पाउने योग रहेको छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । वैदेशिक रोजगारमा सफल हुनेछ । पन्छीलाई अन्न दान गरेको राम्रो छ ।
धनु: शरीमा फूर्ति बढ्नेछ । धनमाल चोरी हुन सक्ने भएकाले सचेत रहनुहोला । समाजमा प्रभाव बढ्नेछ । अन्य क्षेत्रमा भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा दिने योग छ ।
मकर: दिन राम्रो छ । दीर्घकालीन योजना अगाडि बढाउनुहोला । आलस्य त्यागेर गरेको कामले सफलता मिल्नेछ।
कुम्भ: आजको दिन सामान्य छ। दैनिक काममा धार्मिक कार्य गर्नुहोला । वैदेशिक क्षेत्रमा गरेको लगानीले लाभ प्राप्त हुनेछ ।
मिन: स्वास्थ्यमा समस्या आउने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीले फल मिल्नेछ। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ।