मेषः आजको दिनमा दैनिक काम यथावत् रहनेछन्। शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । परिवारमा प्रेम बढ्नेछ।
वृषः बोलीको गलत अर्थ लाग्नाले समस्या आउन सक्छ । सजग रहनुहोला । व्यापार व्यवसाय सामान्य छ ।
मिथुनः आजको दिनमा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ ।
कर्कटः आजको दिनमा स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र यथावत रहेपनि आफन्तबाट सहयोग मिल्नेछ । पुराना मित्रसँगको भेटले मन प्रशन्न हुनेछ ।
सिंहः आजको दिनमा राजनीति, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ । पठनपाठनमा रुची बढ्ने छ । खानपानमा विशेष ख्याल गर्नुहोला ।
कन्याः पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । अरु सबै क्षेत्र यथास्थितिमा रहेपनि वैदेशिक क्षेत्रमा भने निकै राम्रो छ ।
तुलाः आजको दिन तपाईँको खर्च बढ्नेछ । दाजुभाइको सहयोगले सन्तुष्टि मिल्नेछ । पठनपाठनमा रुची बढ्नेछ ।
वृश्चिकः बोलीमा ख्याल गर्नुपर्नेछ । आफ्नै बोलीले समस्या पार्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ ।
धनुः समाजमा तपाईँको प्रभाव बढ्नेछ । कोही आकर्षित हुन सक्छन् । तर, तपाईंप्रतिको आकर्षण वा प्रगति देखेर कुरा काट्ने थपिने छन् ।
मकरः आर्थिक, सामाजिक, राजनीति, वैदेशिक क्षेत्र यथास्थितिमा रहेपनि व्यापार व्यवसायमा गरेको श्रम लगानीले सन्तोषजनक प्रतिफल मिल्नेछ ।
कुम्भः ठूलाबडाबाट सल्लाह लिएर मात्र नयाँ काम थालनी गर्नुहोला । धार्मिक, सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा छ । लगानीबाट भने राम्रो परिणाम मिल्नेछ ।
मिनः आज थालनी गरेका कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायबाट नाफा मिल्नेछ । अध्ययन अध्यापनमा सुखद् छ ।