काठमाडौँ । उच्च अदालत पाटनले सुन तस्करीमा प्रकरणमा पक्राउ परेकाहरूलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
राजश्व अनुसन्धान विभागले एक सय किलो सुन पक्राउ परेकाहरूलाई उच्च अदालत पाटन पेस गरिएको थियो ।
विभागले उनीहरूलाई राजश्व छलि र सुनको अवैध आयात-निर्यातमा अनुसन्धानका लागि म्याद थप गर्न पेस गरेको हो । जस अनुसार १० दिन थुनामा राख्न अनुमति मिलेको हो ।
राजश्व अपचलनको मुद्दा उच्च अदालतमा दर्ता हुने भएकाले उनीहरुलाई उक्त अदालतमा पेस गरिएको हो । उच्च अदालतले उनीहरुलाई पहिलो पटक १० दिन अनुसन्धानका लागि थुनामा राख्न सक्ने आदेश पनि गरेको छ ।
पाटन उच्च अदालतले बिहीबार पहिलोपटकलाई १० दिनको समय दिएको हो । उनीहरुलाई पक्राउ गरेको मितिदेखि उक्त मिति लागू हुने छ । यो प्रकरणमा अहिलेसम्म एक चिनियाँ नागरिकसहित ६ जनालाई पक्राउ गरिएको छ ।
विमानस्थलबाट चीन उड्न लागेका लिङ चुवानलाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ छन् ।
त्यसैगरी, ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ । यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै खोजी तीव्र पारिएको छ । लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन् ।
उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो ।