समृद्द ककनीको आधार कृषि पर्यटन र दिगो पुर्वाधार भन्ने मुल नाराका साथ ककनी गाउँपालिका अगाडी बढेको छ ।
गाउँपालिकाले आयोजना गरेको वडा भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुमन तामाङ भन्नुहुन्छ हामीले विशेष गरी कृषिलाई आधुनिककिरण सँग जोडने र पर्यटन क्षेत्रलाई व्यवसायीक वनाउने आगामी दिनको ल्क्षय रहेको उल्लेख गर्नुभएको छ।उहाँले अवको नयाँ आर्थिक वर्षमा गाँउमा रहेको सम्स्यालाई न्युनिकरण गर्नका निमित्त एक घर एक धारा कार्यक्रम,टुर्के योजनालाई निरुतसाहित,सामुहिक खेतीलाई प्रोत्साहन लगाएतका कुराहरुलाई पनि विशेष प्राथमिकता दिएर अगाडि बढने कुरा उल्लेख गर्नुभयो ।
त्यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गिता कुमारी शर्माले गाउपालिकको सोच गन्त्वय र उद्देश्यका विषयलाई लिएर सभा समक्ष विशेस ध्यानर्कषण गराउनुभएको छ जसमा उहाँले सार्वजनिक निजि साझेदारिको माध्यमबाट आथिक तथा सामाजिक विकास गरी समुन्नत समाजको निर्माण गर्ने ।आर्थिक,सामाजिक,वातावरण,विपद व्यवसथापन,संस्थागत विकास,सेवा प्रवाह तथा सुसासन मैत्री प्रशासनको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्ने कुरालाई जोड दिनुभयो ।
उहाँले कृषिजन्य उत्पादनमा प्रवद्धन ,वजारिकरण तथा व्यवसायिककरणको माध्यमबाट आत्मनिर्भर,पर्यटन पुर्वाधार निर्माण र प्रवद्धन तथा प्रचारप्रसारको माध्यमबाट रोजगारिमा वृद्दि,स्थानिय गौरवको आयोजनालाई प्राथमिकता दिई दिगो पुर्वाधार विकास गर्ने,सिपयुक्त दक्ष जनशक्ती विकास,सामाजिक सुरक्षा,संरक्षण र दिगो शान्तिको विकास,वातावरणमैत्री,वालमैत्री,महिलामैत्री तथा अपाङगमैत्री स्वच्छ सुन्दर गाउँ निर्माण गर्नु गाउँपालिकाको उद्देश्य रहेकोे कुरा प्रस्ट पार्नुभएको छ ।