काठमाडौँ । हिमशिला प्रतिष्ठानको आयोजनामा गत माघ २८ गतेदेखि सुरू भएको महिला सशक्तिकरण तालिम शनिबार सम्पन्न भएको छ ।
लामो समयदेखि राजधानीलगायत देशका विभिन्न स्थानमा महिला, बालबालिका तथा पिछडिएका वर्गको हक/हित र संरणका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको यस प्रतिष्ठानले माघ २८ गतेदेखि सुरु गरेको तालिमको आज एक कार्यक्रमको आयोजना गरी औपचारिक समापन गरिएको हो ।
राष्ट्रिय महिला आयोगकी सदस्य सावित्राकुमारी शर्माको प्रमुख आतिथ्यता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको विशेष आतिथ्यता र हिमशिला प्रतिष्ठानका अध्यक्ष प्रबिन भुसालको अध्यक्षतामा कार्यक्रमको समापन गरियो । उक्त कार्यक्रमको सञ्चालन वेदप्रसाद भुसालले गर्नुभएको थियो ।
ढुङ्गेधारास्थित अर्किट क्लबिङको हलमा गरिएको उक्त कार्यक्रममार्फत तालिममा सहभागिहरूलाई भत्ता तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसका साथै तालिममा सहभागि भइ राम्रो ज्ञान आर्जन गरेका केही सहभागीलाई पुरस्कृतसमेत गरियो ।
साथै मुख्य प्रशिक्षक रहनुभएकी नेपाल सरकार संघीय मामिला मन्त्रालयकी सहसचिव सुशिला अर्याल,
प्रशिक्षक नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल, वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेल, शिक्षाविद् एवम् राजनीतिकर्मी गंगाराज शर्मा पौडेल र वनस्थली योगसाधनाका गुरुहरूलाई समेत मायाको चिनो दिइ सम्मान गरिएको हो ।
यसका सथै हिमशिलाले आफ्नो स्थापना कालदेखि प्रत्यक्ष/अप्रत्य रुपमा साथ दिने सबैलाई मायाको चिनो तथा कदरपत्रले सम्मान गर्यो ।
झन्डै १५० भन्दाबढीको सहभागिता रहेको उक्त कार्यक्रम निकै प्रभावकारी भएको र आफूहरुले सिकेको कुरा आजैदेखि व्यवहारिकतामा ल्याउने तालिममा सहभागिहरूले प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै, यस तालिमले महिलाका हक, हित र महिला सशक्तिकरणका लागि ठुलो टेवा पुर्याएको भन्दै महिला आयोगकी सदस्य शर्माले हिमशिलालाई धन्यावाद ज्ञापन गर्नुभएको छ ।
यसैगरी, विशेष अतिथि भुसालले हिमशिला ६/७ वर्षको भईरहँदा यतिराम्रो कार्यक्रम गर्न सक्षम भएकोमा प्रसंसा गर्दै आगामी दिनमा यस्ता खालका कार्यक्रम झनै प्रभावकारी ढङ्गले गर्न शुभकामना दिनुभएको छ ।