नेपाली आम सञ्चार र पत्रकारिता जगतमा ध्वनी तथा छाँपा संस्करणभन्दा अझै ताजा समाचार दिन सक्नेगरी अनलाइन सञ्चार माध्ययमहरू मौलाइरहेका बेला आजभन्दा ठिक दुई वर्ष अगाडि हामी पनि पत्रकारिता जगतमा होमियौँ ।
अनलाइन संस्करणमार्फत नेपाली पत्रकारिता जगतमा केही नयाँपन ल्याउने उद्देश्यले चालेका हाम्रा पाइला आजबाट दोस्रो वसन्त पूरा गरी तेस्रो वसन्तमा लागेका छन् ।
हामी यस घडीमा आउनुमा हामी एक्लैको मेहनत र देन पक्कै छैन । हामी जति कुदिरहेका छौँ उतीनै हामीलाई साथ हौसला र माया दिँदै हजुरहरूले खेदाइरहनुभएको छ । र त हामी आफ्नो गतिलाई झनै तीब्र बनाइरहेका छौँ ।
हामीले गरिरहेका काम हामीलाई ठिक लाग्छ । पटक-पटकको सम्पादन र सर्वेक्षणका बाबजुद पनि हामीबाट कहिलेकाही गल्ती हुनसक्छन् । गर्नेछैनौँ यसमा त प्रतिवद्ध छौँ नै काही केही गल्ती भएमा यहाँहरूबाट साथ र सुझाब पाएर झनै तिखारिने आशा पनि उत्तिकै राखेका छौँ ।
यसैपनि राजनीतिक अस्थिरता र गरिबीका कारण विक्षिप्त हाम्रो मुलुकको विकास, समृद्धि र सुशासनका लागि पत्रकारिता क्षेत्रबाट राज्य र जनताबीच पुलको काम गर्न हाम्रो यस सामाजिक सञ्चार सधै क्रियाशील रहनेछ । कहिलेपनि आत्तिने, थाक्ने र हडबडाउने छैन ।
हामीलाई सधै माया दिइरहनुहुने तपाईँ पाठक, विज्ञापनदाता, शुभेच्छुकलगायत सम्पूर्ण सहयोगी मनमा हाम्रो समाजिक सञ्चारको यस तेस्रो वार्षिकोत्सवका अवसरमा हृदयदेखि नै हार्दिक शुभेच्छा प्रकट गर्न चाहान्छौँ ।
कोरोना महामारीको विषम परिस्थितिमासमेत निरन्तर रुपमा चलिरहेका हाम्रा पाइलालाई अनवरत रुपमा साथ दिनुहुने तपाईँ सम्पूर्णको यो साथ सदैव रहनेछ भन्ने हामीलाई पूर्ण आशा अनि विश्वास छ ।
सोही विश्वासका साथ हामीले आगामी दिनमा झनै ताजा, सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने उद्देश्य राखेका छौँ । पाठक र दर्शकसँगको अन्तर्क्रियाले नै त्यो उद्देश्य थप ठोस बन्दै जानेछ । यसक्रममा हाम्रा सम्पूर्ण पाठक, दर्शक, लेखक, विज्ञापनदाता लगायतसँग आगामी दिनमा पनि अन्तर्क्रिया र सहयोगको अपेक्षा राख्दछौँ ।
हामीले हाम्रो यस सामाजिक सञ्चारको सुरुवात दुईवर्ष अघि महाशिवरात्रीको अवसरमा नै गरेका थियौँ । आजको दिनमा परेको हिन्दु धर्मालम्बीहरूको महान पर्व महाशिवरात्रिको पनि तपाईँ सम्पूर्णमा शुभकामना । भगवान शिवको आशीर्वाद सदैव रहोस् ।
अन्त्यमा: फेरिपनि हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई हाम्रो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । जय पत्रकारिता ।