काठमाडाैँ । प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनकाे मतगणना कार्य धमाधम भइरहेकाे छ ।
हिजाे मंसिर ४ गते सम्पन्न निर्वाचनकाे आज सम्पन्न मत गणनाकाे परिणाम अनुसार सत्ता गठबन्धमा आवद्ध प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले तीन ठाउँमा जित हासिल गरेकाे छ ।
प्रतिनिधिसभामा एक र प्रदेशमा दुई गरी कांग्रेसका तीन उम्मेदवारले जित हासिल गरेका हुन् ।
प्रतिनिधिसभातर्फ पहिलाे जित हासिल गर्ने कांग्रेसका कान्छा उम्मेदवार हुन् योगेश गौचन थकाली । मुस्ताङबाट जितेका उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन् ।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको छन् । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन् ।
यस्तै, मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।
गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।
यसैगरी, हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा ९२०मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बनेका छन् ।
शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित बनेका हुन् ।
याे समाचार तयार पार्दासम्म कांग्रेस प्रतिनिधिसभातर्फ २८ स्थानमा अगाडि छ भने एमाले १५ स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टी ७ स्थानमा अगाडि छ ।
साथै, प्रदेशसभामा कांग्रेस १३ स्थानमा र एमाले १८ स्थानमा अगाडि छ ।